टोकियो । नवलपरासीबाट बिभिन्न सिल्शिला जापानलाई आफ्नो कर्मथलो बनाई गठन भएको नवलपरासी समाज जापनको आफ्नो प्रथम अधिबेशन सोमबार टोक्योमा निर्बिरोध रुपमा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिती गठन गरेकोछ ।
नवलपरासी समाज जापानको प्रथम अधिबेसनको सभापति नवलपरासी समाज जापानका अध्यक्ष कृष्ण प्रसाद अधिकारी,प्रमुख अतिथि नेपाल पत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले ,बिशेष आतिथ्यतामा नवलपरासी नागरिक समाज एबम रेडियो मध्यबिन्दुको अध्यक्ष भोजराज दाहाल ,आथितिहरुमा नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ,तनहुँ समाज जापानका अध्यक्ष बिजय थापा ,समाज सेबी ईश्वरी कंडेल ,तनहुँ निर्माण ब्यबसाई समितिका उपाध्यक्ष टिका सापकोटा अतिथि रहनु भएको थियो ।
प्रथम अधिबेसनमा आथितिहरु लगायत सहभागी सबैलाई समाजका महासचिब कृष्ण प्रसाद ढुङ्गानले स्वागत गर्नु भएकोथियो । कार्यक्रमको उद्द्घाटन पानसमा दिप प्रजोलन गरेर प्रमुख अथिति लगाएत सबै आथितिहरु ले गर्नु भएको थियो ।
कार्यक्रममा ३ सदस्य निर्वाचन समिती गठन गरी सम्योजकमा भोजराज दाहाल सदस्यहरुमा चन्द्र खनाल , नेत्र शर्मा रहनु भएको थियो । कार्यक्रममा नवलपरासी समाज जापानका अध्यक्ष एबम प्रथम अधिबेसनका सभापति कृष्ण प्रसाद अधिकारीले आफ्नो समिती रहेर सहयोग गर्ने बाहिरबाट सहयोग गर्ने सदस्य लगयत संघ सस्थाहरु सबैलाई धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्दै निर्वाचन समिती लाई अधिबेसनको जिम्मेवारी दिनुभएको थियो ।
निर्वाचन समितिले सहज तरिकाबाट निर्बिरोध रुपमा निर्वाचन सम्पन गर्दै नवलपरासी समाज जापानको नयाँ कार्यसमिती चयन गरेकोछ ।
औपचारिक कार्यक्रमको सन्चालन विश्वास आचार्यले गर्नु भएको थियो ।
कार्यसमितीको नामावली :-
अध्यक्ष :- गोपाल कंडेल
बरीष्ठ उपाध्यक्ष :- हरि सापकोटा
उपाध्यक्ष :- बासु बास्ताकोटी
उपाध्यक्ष :- अमर के शी
उपाध्यक्ष :- करुणा पाण्डे
महिला उपाध्यक्ष :- माया सिग्देल
माहासचिब :- कृष्ण प्रसाद ढुङ्गाना
सचिब :- ॠषि पौडेल
सह सचिब :- सम्झना खरेल काफ्ले
कोषाध्यक्ष :- कमल काफ्ले
सह कोषाध्यक्ष :- माधव सापकोटा
सदस्य :- प्रकाश पोख्रेल
सदस्य :- तुलसी राम कंडेल
सदस्य :- श्याम प्रसाद कंडेल
सदस्य :- शिव सापकोटा
सदस्य :- गिता कंडेल
सदस्य :- दुर्गा कोइराला
सदस्य :- रमा भण्डारी

