बिहिबार, असार ११, २०८३

जापानमा डान्स फर द टाईटल-२ सम्पन्न, प्रथम उपाधि सपना तामाङलाई

टोकियो । पूर्वी नेपाल विकास केन्द्रले आयोजना गरेको डान्स फ़र द टाईटल – २ सम्पन्न भएको छ ।
आइतबार सम्पन्न सो डान्स प्रतियोगिताबाट बालाजु की सपना तामाङ प्रथम, उदयपुर की मीरा दनुवार दोस्रो र बनेपा की नवीना दहाल तेस्रो हुन सफल भएका छन ।

उक्त डान्स प्रतियोगितामा १२ जनाको सहभागि नृत्य प्रस्तुत गर्नु भएको थियो। निर्णायकहरुलाई आफ्नो निर्णय सुनाउन निकै गार्हो भएको कुरा निर्णायक राजेश के सीले बताउनु भयो।