जापान । नेपाली काँग्रेस पार्टी प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय अधिवेशनमा कोषाध्यक्षका उम्मेदवार सुमन भुषाल (सोनु)ले पुनः निर्वाचन माग गर्नुभएको छ ।
काँग्रेस पार्टी सभापति शेरबहादुर देउवालार्इ एक पत्र लेख्दै भुषालले निर्वाचनमा गलत प्रवृति स्थापित गर्न खोजिएकाले यस्तो प्रकृयाको विरोध गर्दै सम्पूर्ण निर्वाचन प्रकृया स्थगित गर्दै कोषाध्यक्ष पदमा पुनः निर्वाचन गराउनका लागि अनुरोध गर्दै निर्वाचनलार्इ केन्द्रिय स्तरबाट छानविन गर्न समेत माग गर्नुभएको छ ।
स्मरणीय रहोस् शनिबार अक्टोवर १३ तारिकमा नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण हुँदैछ । यसको पूर्वसन्ध्यामा भुषालले छानविन गर्न माग गर्नुभएको हो ।
सुमन भुषालले पेश गरेको पत्र
सम्माननीय पूर्व प्रधानमन्त्री एव सभापति श्री शेरबहादुर देउवाज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय,
काठमान्डौ, नेपाल
विषय : छानविन कमिटी गठन गरी हालको निर्वाचन स्थागित गर्ने सम्बन्धमा ।
यही अक्टोबर ७ तारिक सम्पन्न जनसम्पर्क समिति, जापान अन्तर्गत कान्तो क्षेत्रीय समितिको चौथौ अधिवेशनको निर्वाचन प्रकृयाप्रति ध्यानाकर्षण गराउन चाहन्छु । नेपाली कॉग्रेस पार्टीको प्रवासमा रहेका भातृ संगठन, जनसम्पर्क समिति जापानभित्र पनि यस पार्टीको प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुप निर्वाचनमा सिंगै पार्टी संगठनलाई ठूलो अपहेलित र आराजक तरिकाले म (सुमन भुषाल “सोनु”) लाई जापानको केही नेतृत्वतहका ब्यक्तिहरुले कायरतापूर्ण ढंगले जुन खेल खेल्यो यो आपत्तिजनक र लज्जापस्द रहेको ब्यहोरा सम्माननीय अध्यक्षज्यूलाई विनम्र निवेदन गर्न चाहान्छु ।
म पर्वत जिल्ला फलेबास नगरपालिका वार्ड नं ११ पाङराङ, साविक पाङराङ गाविस वार्ड नं ५ स्थाई घर भई उच्च शिक्षाको लागि हाल टोकियो स्थित जापान इकोनोमिक्स युनिभर्सिटी (निहोन खेजाइ युनभर्सिटी) मा तेश्रो वर्षमा अध्ययनरत छात्रा हुँ ।
मेरो राजनैतिक पृष्ठभूमि भन्नु पर्दा, म नेपाली कॉंग्रेस एक क्रियाशील निष्ठावान कार्यकर्ता हुँ । मैले २०६५ सालमा नेपाली कांग्रेस गाउँ कार्यसमिति, पाङराङ पर्वतबाट क्रियासिल सदस्यता लिई २०६६ सालमा नेपाल कांग्रेस पाङराङ कार्यसमितिमा निर्वचित भई काम गरेको थिएँ । त्यस पश्चात, श्री सिद्द मावि पाङराङको नेबिसघको सचिव भई सानो उमेरदेखि अत्यन्तै सक्रियताका साथ आपनो भूमिका बहन गरिसकेको सम्मानीय अध्यक्षज्यूलाई अवगत गराउन चाहन्छु ।
साथै म आपनो मातृभूमिभन्दा बाहिर रहे पनि नेपाली पार्टीको एक वफ़ादार र क्रियशील कार्यकर्ता भएको हुँदा नेपाली कांग्रेसको चारतारे झन्डालाई सर्वदा आत्मसात गरेको छु ।
निर्वचन प्रकृयामा सहमतिको लागि जापानमा रहेका धेरै अग्रजहरुले पहल गर्दा पनि अधिवेशनस्थालमा आउन नसक्ने उम्मेदबारले के गर्न सक्ला ? सर्बप्रथम, यो गम्भिर प्रश्न बनेको छ ।
प्रजातन्त्रिक अभ्यासमा नीति र नियमले हुने जित र हार ठूलो विषय नभएता पनि अनैतीतिक र धाँधली क्रियाकलाप गरी सिंगो कार्यसमिति र नेपाली कांग्रेस पार्टीलाई नै मुट्ठीमराख्ना खोज्ने जापानमा रहेका केही अग्रजहरुको ब्यबहार र क्रियाकलापको म सधै विरोधी हुँ र यस्तो क्रियाकलापको सधै बिरोध गर्ने नै छु ।
मेरो यो भनाई एक ब्यक्ति र समुहहरुसग नभई यस पार्टीको विधि र प्रकृयासग दिनडहादै खेलबाड गर्ने र गराउनेहरुसँग हो । निर्वाचन आयुक्त भुपि गोविन्द श्रेष्ठ, वर्तमान सभापति लालबहादुर केसी “रोशन” तथा कान्तो (टोकियो)का सभापति यदुराम सापकोटा लगायतका केही ब्यक्तिहरुले मतगणना स्थालभित्र आफ्ना अनुकूलको ब्यक्तिहरुहरुलाई मात्र राखी मनोमानी ढङगले आफूलेको चाहेको कोषाध्यक्ष पदको लागि मेरो प्रतिद्वन्द्वीलाई जिताएको यथार्थ जानकारी गराउन चाहान्छु ।
स्मरणरहोस, ती मेरा प्रतिद्वन्द्वी चुनाव भएको दिनमा चुनावी स्थानमा नआएको र मतपत्र गणना हुने ठाँउमा पनि मसहित केही उम्मेदबारहरुलाई मतगणन स्थालमा प्रतिबन्ध लगाइएको थियो ।
उपरोक्त विविध कारणले गर्दा मैले निर्वचनमा प्रतिस्पर्धा गरेको कोषाध्यक्ष पदमा पुनः एकपटक निर्वचन गरी पाउ भनि आदरणीय सभापतिज्यूमा विनम्र अनुरोध गर्दै यसको लागि केन्द्रीयस्तरबाटै छानविन गरी उक्त कार्यको सत्यतथ्य पत्ता लगाउनु हुनेछ भनि अनुरोध गर्दछु
निर्वाचित भयका पदहरुको कार्यभार हस्तन्तरण आगामी अंगेजी बर्ष २०१८ अक्टोबर १३ तारिख (तदानुसार २०७५ साल आश्वीन २७ गते) भएको हुँदा मैले प्रतिस्पर्धा गरिरहेको पदको छानबिन नहुँदासम्म र कोषाध्यक्ष पदको अर्को निर्वाचन नहुँदासम्म यस अगाडिका सम्पूर्ण निर्वाचन प्रकृयालाई स्थागित गरी सबै पदहरुको पदस्थापन हाललाई स्थगित गराई पाउँ भनि अनुरोध गर्दछु ।
हाम्रो यस गौरवशाली पार्टी नेपाली कांग्रेसको मूल्य र मान्यतालाई सदा सिरोपर गर्ने छु भनि एक नेपाली चेलीले आत्मविश्वासका साथ सभापतिज्यूमा निवेदन पेश गर्दछु ।
निवेदक
सुमन भुषाल (सोनु)
पर्वत, नेपाल
(हाल टोकियो, जापान)

