बिहिबार, असार ११, २०८३

जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय सभापतिमा एकेन्द्र थापा

टोकियो । नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समितीको चौथो अधिबेसन कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार जापानको कामतामा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समितीको चौथो अधिबेसन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिती जापानको कार्यक्रममा जनसम्पर्क समिती जापान  सभापती रोशन केसी ,पुर्वसभापती तथा महासमिती सदस्य नारायण सुबेदी, निबर्तमान सभापती डिपी कडेल पुर्व सभापती बलराम श्रेष्ठ,पुर्व संयोजक भुपी गोबिन्द श्रेष्ठ ,महाधीबेसन प्रतिनिधी सुवास लोहनी ,राजेन्द्र प्रसाद जमरकट्टेल, केन्द्रिय प्रतिनिधी तथा उपसभापती रामकृष्ण बम मल्ल,महामन्त्री रामजंग कार्की ,जनप्रतिनिधी स्याङ्जा अर्जुनचौपारी गाँउपालीकाका प्रमुख दिर्घनारायण अर्याल,कान्तो क्षेत्रका निबर्तमान सभापती प्रेम कडेल,किता कान्तो सभापती बिश्वबन्धु भन्डारी निबर्तमान सभापती दयाराम खरेल,एनआर एनए उपाध्यक्ष अनिता गुरुङ लगाएत अतिथि रहनु भएको थियो ।

चौथो अधिबेसनबाट निर्वाचित सभापती एकेन्द्र थापासहित नँया कार्य समितीहरुमा ,महिला उपसभापती नान्सु पाण्डे,उपसभापती दिपेस खत्री,उपसभापती रामु कडेल,उपसभापती अर्जुन कडेल,सचिब लोकेन्द्र कुवँर,
कोषाध्यक्ष यमकान्त कडेल,सहकेषाध्यक्ष गिता लम्साल भट्ट सदस्यहरु नेत्र प्रसाद काफ्ले,प्रिन्सेस खरेल
,बसन्त आचार्य,अर्जुन खरेल,सम्भु केसी,रमेश भन्डारी,देबबहादुर पुन,सुरेन्द्र शाही,सुनिता कडेल निर्वाचित हुन भएके छ ।

निर्वाचन समितीमा जनसम्पर्क समिती जापानका संयोजक भुपीगोबिन्द श्रेष्ठ,सदस्यमा रिसीराम कडेल,घनश्याम शर्मा गौतम रहनु भएको थियो ।