बिहिबार, असार ११, २०८३

जापान आईपुग्नु भएका कानुनमन्त्री भानुभक्त ढकाललाई एपोर्टमा भब्य स्वागत

टोकियो । जापानमा हुन लागेको कानुन परामर्श दाताहरुको एक कार्यक्रममा भाग लिन नेपाल सरकारतर्फवाट संघीय कानुनमन्त्री भानुभक्त ढकाल जापान आइपुग्नु भएको छ ।
सोमवार नारिता एर्पोर्टवाट कानुनमन्त्री ढकाल जापान आइपुग्नु भएको हो । एसियाली अफ़्रीकी कानुन परामर्श दातृ संगठनको ५७औं बार्षिक अधिबेशनमा भाग लिन नेपाल सरकारको तर्फबाट कानुनमन्त्री ढकाल जापान आउनु भएको जानकारी दिनुभएको छ ।
अधिवेशनमा ४७ देशका क़ानूनमन्त्री ,महा न्यायधिबक्ता तथा प्रतिनिधिहरूको सहभागी रहने जनाएको छ । नारिता एर्पोर्ट ओर्लनु भएका मन्त्री ढकाललाई स्वागत गर्न नेपाली दूतावास जापानका राजदूत प्रतिभा राणा ,उप-नियोग प्रमुख कृष्ण चन्द्र अर्याल ,प्रबासी नेपाल मंच जापानका कार्यवाहक अध्यक्ष सिद्धार्थ श्रेष्ठ,उपाध्यक्ष बाबूराम भण्डारी, सचिब बिकाश पौडेल ,गैर आवसीय नेपाली संघ जापानका प्रवक्ता पर्शु बस्नेत,ओएनएफ कान्तो उपाध्यक्ष महेन्द्र अधिकारी लगाएतले जापानमा स्वागत गर्नु भएको थियो । यही अक्टोवर ९,१० र ११ मा हूने उक्त कार्यक्रममा भागलीन क़ानूनमन्त्री भानुभक्त ढकालसहित कानून मन्त्रालयका उप-सचिब दल बहादुर अधिकारी,सह-सचिब निर्मला अधिकारीसहित ३ सदस्य टोली जापान आईपुगेको हो ।