सोमबार, जेठ २५, २०८३

भुवनको दशैँतिहार सांगितिक कोसेली ”रातो झोला” सार्वजनिक(भिंडियोसहित)

निशान राना,नागोया । केही बर्ष अघि देखी जापानलाई कर्मथलो बनाईरहेका तनहुँका गायक भुवन सिं थापा मगरको दशैँ र तिहार बिशेष ”रातो झोला” नामक भिडीयो सार्वजनिक भएको छ । बिदेशीयका युवाहरु दशैँ र तिहार जस्तो पर्बमा घरमा फर्कन नपाउदाको बेदनालाई उनेर तयार पारीएको उक्त भिडीयो म्यूजिक नेपालको युट्यूब च्यानलबाट यही सेप्टेम्बर ३ तारीखमा सार्वजनिक गरीएको हो ।

शब्द, संगीत ,स्वर र छांयाकन भुवन सिं थापाकै रहेको “रातो झोला”मा म्यूज़िक एरेन्ज भने संगीतकार सरोज लामाको रहेको छ । जनजाति महसंघ जापान तोकाई क्षेत्रका संयोजक समेत रहेका कौडा बुढा मगरले यस भिडीयोमा अभिनय गरेको छ । बुढाले यसै भिडियो मार्फत अभिनय यात्राको थालनी गरेकी हुन् । अहिले सम्म कुनै पनि म्युजिक भिडियो नगरेको भएपनि कथाले कौडा जी को रोल मागेको हुँदा उहाँलाई अनुरोध गरीएको निर्देशक थापाले बताए ।

“फुल खस्यो डाली नुँघेर” जस्ता चर्तित गीत बजारमा ल्याई सकेका उनी आफु जहाँ रहेपनी नेपाली संगीतलाई छोड्ननसकेको बताउँछन । जापानमा हुने बिभिन्न सांगितिक कार्यक्रमहरुमा आयोजकले प्रस्तुतीको लागि बोलाँउदा र दर्शकको माया पाउँदा आफु हर्षविभोर हुने गरेको ख़ुशी सुनाउँछन ।