सोमबार, जेठ २५, २०८३

निर्मला घिसीङ र दिल तामाङको “जुवा त खेल्ने चौकामा” (भिडियोसहित)

ललितपुर । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय युबा गायिका निर्मला घिसिङको पछिल्लो गीत ‘जुवा त खेल्ने चौकामा’ को म्युजिक भिडियो बजारमा आएको छ । गीतमा गायिका घिसिङसंगै गायक दिल तामाङले पनि स्वर दिएका छन् ।

वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत तथा गायक दिल तामाङ कै शब्द रचना रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने निर्मल लामाले गरेका हुन् । भिडियोको सम्पादन र छायांकन पवन सुस्लिङले गरेका हुन् । म्युजिक भिडियोमा युवा पुस्ताको ढुकढुकी डान्स ग्रुप भिमफ़ेदी गाइज र नव नायिका एवम् मोडेल निरन्जली लामाले उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोमा तामाङ रितिरिवाज र संस्कृतिलाई झल्काइएको हेर्न सकिन्छ
म्युजिक भिडियोको छायांकन मकवानपुरको भिमफेदीमा गरिएको हो
नेपाली सांगीतिक क्षेत्रमा चिरपरित कलाकारहरुको सहभागिता रहेको म्युजिक भिडियोमा तामाङ समुदायमा हुने विवाहको माहोल, जन्ती जाने र बेहुलीको घरमा हुने केटाकेटीहरु बीचको ख्याल ठट्टा र नाचगानलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गायिका घिसिङले बताउनु भयो ।साथै यो म्युजिक भिडियोले श्रोता-दर्शकले धेरै भन्दा धेरै थप सांगीतिक आनन्द लिने विश्वास लिएको बताउनु भयो ।