टोकियो । नेकपाका स्थायी कमिटी सदस्य तथा युवा नेता संघीय सांसद् योगेश भट्टराई अवलोकन भ्रमणका लागि वुधबार जापान आईपुगेका छन ।
नेपालको वर्तमान सरकारको नेतृत्व गरेको नेकपाको प्रभावशाली युवा नेता रहेका भट्टराईले जापानमा रहदा एप्लिज नेचुरल प्रोड्क्स र जापानको बस सेवाको बारेमा अवलोकन गर्ने जनाईएको छ । विहिबार दिउसो नागोया पुग्ने भट्टराईलाई टोकियोको हानेदा विमानस्थलमा पूर्व एमाले निकटको प्रवासी नेपाली मंचका क़ाबा अध्यक्ष सिद्धार्थ श्रेष्ठ, पूर्व माओबादी निकटको जन प्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा, त्यस्तै मंचका उपध्याक्ष बाबुराम भण्डारी, कुलचन्द्र खरेल, सल्लाहकार राजकुमार पन्डित, लोकनाथ वस्ती,सालिकराम भण्डारी त्यस्तै मंचका उपमहासचिब राजेन्द्र श्रेष्ठ सचिबालय सदस्य ,प्र्शु बस्नेत,देबिलाल भण्डारी जनप्रगतीशिल मंच सदस्य दावा शेर्पा ,मञचका कान्तो उपाध्यक्ष महेन्द्र कुमार अधिकारी, शंकर रिमाल , हरि लामिछाने ,गम्बिर बस्नेत,तुल्सी पाठक लगायतले भब्य स्वागत गरेका थिए ।
भट्टराई जापान रहदा एप्लिज नेचुरल प्रोड्क्स बारेमा तथा जापानको सार्वजनिक बस सेवाको बारेमा नागोया गाईडेवे बस कम्पनीमा भ्रमण तथा जानकारी लिनुहुने मंचका कार्यवहाक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी जापानबासी नेपालीसंग अन्तरक्रिया तथा आन्तरिक प्रशिक्षणार्थीमा सहभागि हुने कार्यक्रम रहेको जनाएको छ ।
युवा नेता संघीय सांसद् भट्टराई सोमबार नेपाल फर्कनु हुने छ ।

