जापान । नेपालको सवै भन्दा ठुलो पार्टी सत्तारुढ़ दल नेपाल कम्यूनिष्ठ पार्टी(नेकपा) प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान र जन प्रगतिशिल मञ्च जापानविचको एकिकरण केहि दिनमै टुङ्ग्याउने भएको छ ।
दुई संगठनको एकताबाट प्रवासी नेपाली एकता मञ्च(ओएनयुएफ-ONUF) जापान हुने केन्द्रको निर्देशन रहेको छ ।
नेकपा केन्द्रको निर्दैशन अनुसार संगठनमा संयोजक र सचिव राखी एकतापछि कार्यकारी सदस्य मा १५ देखी ३५ सदस्य राखिने जनाएको छ ।
पूर्व एमालेको संगठनको रुपमा सक्रिय रहेको प्रवासी नेपाली मंच र माओवादी निकट जन प्रगतिशिल मञ्चबीच पदको बाड़फाड गरेर एकता प्रकिया छिटटै टुङ्ग्याउने प्रबासी नेपाली मंच जापानका कार्यवहाक अध्यक्ष सिदार्थ रुोष्ठले दाबी गरेका छन ।
एमालेको भातृ संगठनको रुपमा सक्रिय रहेको प्रबासी नेपाली मंच र माओवादी निकट जन प्रगतिशिल मञ्च बीच एकीकरणको कार्यदल बनिसकेको र छलफल पछी ख़ाका केहि दिनमैं तयार गरी बिभागमा प्रतिबेदन पठाउने जन प्रगतिशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिनुभयो ।
नेकपा प्रवास विभाग एकता प्रकिया कार्यदल पूर्व माओवादीबाट नारायणक़ाज़ी श्रेष्ठ,युवराज चौलागाई ,पूर्व एमालेबाट विन्दा पाण्डे र युवराज कार्की रहेका छन् ।
जापानमा पूर्व माओवादीको प्रवास संगठन जन प्रगतिशील मंचबाट हवलचन्द्र लामा,बेलूक़ाज़ी थापा र हर्क बहादुर थापालाई एकता कार्यदलको जिम्मा दिएको छ । भने पूर्व एमालेको प्रवास संगठनबाट विबादको कारण कार्यदलको लागी समेत नाम टुङ्गाएको छैन ।
पूर्व एमालेको संगठन ओएनएफ जापानको विबाद जापानबाट नमिल्ने छाँटकाट देखेपछी केन्द्रबाट नै हस्तक्षेप गरेर भए पनि विबाद समाधान गर्न केन्द्रीय नेता नै लागिपरेका छन ।
पूर्व एमालेको विवादको कारण समयमै एकता टुङ्ग्याउन नसकिने बुझिएपछी नेकपा केन्द्रको प्रवास एकता कार्यदलले पूर्व एमालेको जापान संगठनबाट दुबै पक्षलाई हुने गरी कार्यदलमा नाम सिफारिस गरेर समस्याको समाधान गर्ने पूर्व एमालेका नेता एवं प्रवास एकता केन्द्रिय विभागका सदस्य युवराज कार्कीले जानकारी दिनुभयो ।
प्रवास संगठनको एकताको लागी जिम्मा पाएका कार्यदल सदस्य कार्कीले मातृ सन्देश डट कमलाई दिनुभएको जानकारी अनुसार जुन-जुन देशको प्रवास कमिटीमा विबाद हुन्छ त्यो देशको नेतृत्वमा रहेर काम गरेको आधारमा कार्यक्षमता,दक्षता , कुशलता र संघठनमा लगावको आधारमा केन्द्रले नै छनोट गरेर नाम सिफारिस गर्ने बताउनु भयो ।
उहाँ (कार्की)ले थप्नु भयो जापानमा जुन पूर्व एमालेको संगठन ओएनएफको विवादले एकता कार्यदलको नाम समेत सिफ़ारिस आँको छैन हामी एक-दुई दिनमैं बैठक बसेर समस्याको समाधान गर्छौ, पूर्व एमालेका प्रभावशाली नेतासमेत रहनु भएका नेता कार्कीले थप्नु भयो” ओएनएफ जापानको दुई पक्षकै जानकारी पार्टी केन्द्रलाई आएकोले अब कोहि केन्द्रीय नेताको चाकडी गरेर भन्दा नी पार्टीमा कुशल नेतृत्व कसले गर्न सक्छ त्यो आधारमा केन्द्रले विबाद मिलाउने बताउनु भयो ।
पूर्व माओवादी केन्द्रवाट प्रवास संगठन एकताको लागि खटिनु भएका नेकपाका केन्द्रिय सदस्य युवराज चौलागाईले छिटटै विवाद मिलाएर जापानको संगठनको एकता टुङ्ग्याउने बताउनु भयो ।
पूर्व एमालेको प्रवासी संगठनको विवादले जापानको टुंगो लाग्न ढिला भएको र जापानमा एकताको लागि कार्यदल नै पुर्ण हुन नसकेको बताउदै पूर्व एमालेको संगठन प्रवासी नेपाली मंचको दुवै पक्षको रिपोर्ट हेरेर केन्द्रले डिसिजन गर्ने नेता चौलागाईले बताउनु भयो ।
यता जापानमा पूर्व एमालेको प्रवास संगठन ओएनएफले दुई पक्षीयबाट नै नेतृत्व आफुले लिने दाबी गरेका छन ।
ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ नेपालको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि सुरेश केसी पक्षले बैठक बसी छुट्टै कमिटी बनाएर कामकावार्ही बढाईरहेका छन् भने अर्को पक्षमा हाल सिदार्थ श्रेष्ठ कार्यवहाकको रुपमा आफु आधिकारीक रहेको दावी गर्दै आएक छन् । त्यस कारणले पूर्व एमाले जापानमा संगठनको कामकावार्ही दुवै पक्ष विच आफुँखुशी गर्दै आएका छन् ।
ओएनएफबाट नेकपाको लागि बलिया दाबेदारमा सिदार्थ श्रेष्ठ,बाबुराम भण्डारी र सुरेस केसी छन् भने शालिकराम भण्डारीले पनी आफुँ नेतृत्वको लागि एक नम्बरमा रहेको बताउनु भयो । त्यस्तै जापानमा निष्ठाकै राजनीतिक गरिरहनु भएका राजकुमार पण्डितले पनी नेतृत्वको लागी दाबेदार भएता पनी फोहोरी खेल नखेल्ने बताउनु भयो ।
जापानमा एकताका लागी बन्ने ६ सदस्यीय संयुक्त कार्यदलका लागि पुर्व एमालेका तर्फबाट सहभागी हुने सदस्यको टुङ्गो लाग्न नसक्दा एकताले गति लिन सकेको थिएन अव भने केन्द्र निर्देशन मानेर जानु पर्ने देखिएके छ ।
पुर्व एमाले निकट प्रवासी नेपाली मञ्च र पुर्व माओवादी निकट जनप्रगतिशिल मञ्च जापानको एकता प्रक्रियाका लागि गठन हुने कार्यदलका लागि पुर्व माओवादी प्रवास संगठन जन प्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा, हर्कबहादुर थापा र बेलुकाजी थापाको नाम केन्द्रले सिफारीस गरेको छ ।
पूर्व माओवादीबाट नेकपा जापानको संगठन नेतृत्व लिन मंच अध्यक्ष हवलचन्द्र लामा,बेलूक़ाज़ी थापा,हर्कबहादुर थापा,बाबुराम पौडेल,अरुण श्रेष्ठ लगाएतको दाबी रहेको छ ।
पुर्व एमाले निकट प्रवासी नेपाली मञ्चबाट सल्लाहकार राजकुमार पण्डित, कार्यवाहक अध्यक्ष सिद्धार्थ श्रेष्ठ, बाबुराम भण्डारी, सुरेस केसी,शालिकराम भण्डारी,कुलचन्द्र खरेल,राजेन्द्र श्रेष्ठ लगाएतले दावि गरेको छ ।
दुई संगठनको एकताका लागि बन्ने कार्यदलले संयोजक र सचिव सहित जापानबाट कार्यसमितिाका लागि आवश्यकताका आधारमा १५ देखि ३५ जना नाम केन्द्रमा सिफारीस गर्ने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामाले बताउनुभयो ।
प्रवासी नेपाली मञ्च जापानका कार्यबाहक अध्यक्ष सिद्धार्थ श्रेष्ठले एकता प्रक्रियाले केहि दिनमा गति लिने बताउनुभएको छ,पुर्व एमालेको संगठन ठुलो हुनुका साथै पार्टीका लागि लामो समय त्यग र संघर्ष गरेका नेता धैरै भएका कारण कार्यदल तथा संयोजका लागि समेत आकांक्षी धैरै भएको श्रेष्ठले बताउनुभयो ।
हालसम्म नेकपाको ३५ देशमा प्रवास संगठन सक्रिय छन् ।

