बिहिबार, असार ११, २०८३

एनआरएनए जापानद्वारा महिला उपाध्यक्ष गुरुङ र कोषाध्यक्ष थापाको निलम्बन फुकुवा

टोकियो । गैरआवासीय नेपाली संघ जापानले महिला उपाध्यक्ष अनिता गुरुङ्ग र कोषाध्यक्ष कालिका थापाको निलम्बन फुकवा गरेको छ ।
गैरआबसीय नेपाली संघ जापानको २०१७ मा भएको अधिवेशन बाट टासी वाङ्दी लामाको नेतृत्वमा गठित २०१७–१९ कार्यसमितिले जारी गरेको २१ बुँदे आचारसंहिता लागू गराउने क्रममा उत्पन्न विवाद पश्चात निलम्बित महिला उपाध्यक्ष अनिता गुरुङ्ग र कोषाध्यक्ष कालिका थापा लाई आईसीसीको विधान संग बाझिन पुगेको आचारसंहिताको विवादित बुँदा नं ९ लाई संघले निष्क्रिय गर्दै उहाँहरुको निलम्बन फुकुवा गरेको संघका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी गराउनु भएको छ ।
संघले जारी गरेको आचारसंहिता को बुँदानं ९ मा ‘संघको राष्ट्रियसमन्वय परिषद् वा क्षेत्रीय समन्वय परिषद् को कार्यकारिणी पदमा रहनुहुने पदाधिकारी अर्को संघ, संस्था वा राजनीतिक संगठनको कार्यकारिणी पद ग्रहण गर्न पाईने छैन । यदि भएमा आचारसंहिता लागु भएको मितिले १५ दिन भित्र कुनै एक पद छाड्नु पर्ने’ रहेको बताइएको छ ।
प्रवासमा नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था एनआरएन जापानले आफ्नो दैनिक कार्यसम्पादनमा सहजीकरण गर्ने हेतुले आचारसंहिता लागु गरेको बताउदै आएको छ । तत्कालीन अवस्थामा संघका अधिकांश पदाधिकारीहरू अन्य संघ संस्थामा समेत कार्यकारिणी पदाधिकारीको हैसियतमा रहेका भएपनी संघको आचारसंहिता लागु भए पछी महिला उपाध्याक्ष अनिता गुरुङ्ग (तमू धिं जापान अध्यक्ष) र कोषाध्यक्ष कालिका थापा (गल्कोट समाज जापानका उपाध्याक्ष) बाहेक बाँकी पदाधिकारीले भने अन्य संस्था छाडेर दोहोरो पदमा नरहेको लिखित जानकारी संघलाई गराएको संघले जानकारी दिएको छ । यसै विषयमा कार्यसमितिमा बिबाद बढेपछी संघले महिला उपाध्याक्ष र कोषाध्यक्ष लाई गत फेब्रुअरीमा निलम्बन गरेको थियो ।
गैरआवासीय नेपाली संघ हालका अध्यक्ष भवन भट्ट समेत पंजीकृत सदस्य रहनुभएको राष्ट्रिय समन्वय परिषद् भएकाले सबैलाई एकताबद्ध गराएर विवादरहित ढंगले अगाढी बढ्ने वातावरण निर्माण गर्ने, निलम्बन लगायतका विषय समाधान भैसकेकाले अब अझै बढी सकारात्मक अभियानमा संघको ध्यान केन्द्रित गर्दै जापान बासी नेपालीको हकहितमा काम गर्न आफु र आफ्नो कार्यसमिति प्रतिबद्ध भएर लागी पर्ने  संघका अध्यक्ष टासी वाङ्दी लामाले बताउनु भयो ।
कार्यसमितिको तर्फबाट निलम्बनको बिबाद मिलाउन पटक पटक गरिएको प्रयास असफल भएपछी एनसीसी जापानले माथिल्लो निकाय संगको समन्वय गरी कोषाध्यक्ष थापाको हकमा उक्त आचारसंहिताको बुँदा नं ९ आईसीसीको विधान संग बाझिन गएकोले (आईसीसी को विधानमा जातीय , धार्मिक र राजनैतिक संस्था मात्रै उल्लेख भएको) र गल्कोट समाज सामाजिक संस्था भएको भन्दै आईसीसीका पदाधिकारीहरू बाट निलम्बन फुकवा गर्न प्राप्त अनौपचारिक सल्लाह, सुझाबका आधारमा  जून २९ तारिक नै एनसीसी जापानको सचिवालय बैठक बसी निलम्बन फुकवा गर्ने निर्णय गरीसकेको जनाईएको छ । तर महिला उपाध्यक्षको हकमा तमू धिं जापान जातीय संस्था हो वा होईन भन्ने कुरामा विवाद बाँकी रहेको थियो उक्त विवाद समाधानका लागि सहजीकरण गर्न संघले आईसीसी सदस्य महेश कुमार श्रेष्ठको संयोजकत्वमा एनसीसी जापानका सल्लाकार सदस्य बिजय थकाली , एनसीस जापानका वरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी सहितको ३ सदस्यीय कार्यदल गठन गरी जिम्मेवारी दिएको थियो । सो कार्यदलको प्रतिवेदन र संघले तमू धिं जापानबाट मिति २०१८ अगस्त २३ मा संघलाई प्राप्त पत्रमा  तमू धिं जापान गैरनाफामुलक, विशुद्ध सामाजिक संस्था रहेको आशयको पत्रको आधारमा महिला उपाध्यक्षको निलम्बन फुकुवा गरेको प्रबक्ता बस्नेतले जानकारी दिनु भयो । उहाँले भन्नुभयो ‘लामो समयदेखि संघ भित्र रहेको आन्तरीक विवाद यस निर्णय पश्चात समाधान भयो, अव संघ भित्र कुनै विवाद छैन’
संघका अध्यक्षको प्रस्तावमा महासचिवले छलफल गराई कार्यसमितिको २०१८–९–२९ मा सचिवालयको बैठकमा बहुमतले निलम्वन फुकुवा गर्ने निर्णय गरेपछी उहाँहरूलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा पूनः सक्रिय रुपमा कार्यगर्न आउनका लागि मार्गप्रसस्त गर्दै स्वागत गरेको छ ।