शनिबार, चैत २१, २०८२

गायक खाती र गायिका गौतमको दशैँ कोसेली ‘कमेरो’ सार्वजनिक

काठमाडौं । बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र  चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति दशैँ साङ्गितिक कोसेली ‘कमेरो’ सार्वजनिक भएको छ ।

खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी”चिन्तित”को रहेको छ भने सब्द स्वयम खातीकै रहेको छ । 

विभिन्न पेशा र ब्यबसायको शिलशिलामा बिदेशिएका र आफ्नो जन्मघरबाट टाढा रहेका नेपालीहरुलाई लक्षित गरेर दशैतिहार मनाउन घर फर्किने आशय झल्काउने कथा बस्तु समेटिएको उक्त गितमा बरिस्ठ अभिनेत्री रमा थपलिया,चर्चित मोडल महेन्द्र गौतम र शोभा त्रिपाठीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । बाल कलाकारको रुपमा अनुरोध खाती,स्वीकृति खाती र शुशान खातीको अभिनय रहेको उक्त गितमा छायांकन प्रबेश पोखरेलले गर्नु भएको छ । गोरखा चौतारी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गिको निर्देशन भने खमेस श्रेष्ठले गर्नु भएको छ । दशैको खुशीयालीमा नाच्ने खालको उक्त गितको भिडियो सम्पादन सुरेश श्रेष्ठले गर्नु भएको छ ।