जापान । नेपाली गित संगितमा लामो समयदेखि क्रियासिल रहँदै आएका दुई सर्जक,गायक गगन सरगम र संगीतकार निम संगीतले प्रेमको भिखारी नामक सांगितीक सौगात बजारमा लिएर आएका छन् ।
विसं ।२०५१ सालदेखी संगीतकर्ममा लागेका यि जोडीले बिस २०६० मा पहिलो एल्वम ‘अमर प्रेम’ मार्फत सम्पूर्ण संगित पारखीहरुको मन जितेका थिए ।जुन एल्बममा संग्रहित गित म त मर्छु क्यारे तिमी धेरै वर्ष वाच,मैले लाएको माया र नपाएको माया जस्ता गितले त्यतिबेलाको संगितको बजारमा निकै माहोल तताएका थिए ,थोरै संञ्चारमाध्यम त्यसमा पनि गाउगाउमा रेडियो नेपालको मात्र पहुच थियो र अहिले जस्ता यति धेरै एफएमटिभी र अनलाइनहरु थिएन ,रेडियो नेपालबाट आफ्ना गित संगीत बज्नु एकदमै ठूलो कुरा हुन्थ्यो र धेरै गितहरु रेडियो नेपाल बाट नै बजेर चर्चित हुन्थ्यो ।
दोस्रो एल्वम“ तिम्रो मन” ल्याएर करोडौ श्रोता दर्शाकको मन जित्न सफल भएका थिए ,जुन एल्वममा समाबेश चर्चित गित तिम्रो मनको माझमा फूल्न मन लाग्छ ,यो गितले गायक गगन सरगमलाई सुगम संगितमा एउटा अब्बल गायकको रुपमा स्थापित गरायो ।
गायक गगन सरगम फेरी नयाँ एल्वम” प्रेमको भिकारी “लिएर तपाई हामि माझ आएका छन् । यस एल्वममा पाँच ओटा गितहरु समाबेश भएका छन् ,जसमा प्रेमको भिकारी ,फूल झरेको संझ ,तारीफ ,तिमिले माया मारेपछी र उनको यादमा जस्ता सुमधुर गितहरु रहेका छन् ।
यस गितहरुमा निम संगित , लक्ष्मण पाण्डे,धनश्याम गौतम र नवराज घिमिरेका उत्कृष्ट सब्दहरु छन् भने सबै गितहरुमा संगित निम संगितको रहेको छ र सबै गितमा गायक गगन सरगमको उत्कृष्ट गायन रहेको छ ।
यस एल्बमलाई अमर प्रेम म्युजिक पालिले बजार ब्यबस्थापन गरेको छ ।

