ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय समितिले दशैं तिहार बिशेष शुभकामना शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएके छ ।
यहीँ असोज १९ गते शुक्रबार राष्ट्रिय नाचघर जमलमा दशै तिहार बिशेष शुभकामना आदानप्रदान, स्रष्टा सम्मान र ख्याती प्राप्त कलाकारहरूको साथमा भब्य सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
संयोजक केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीको नेतृत्वमा हुन गहिरहेको दशै तिहार बिशेष शुभकामना आदानप्रदान र स्रष्टा सम्मान कार्यक्रम रास्ट्रिय संगीत कर्मी संघका केन्द्र प्रदेश र जिल्लद्वारा नै गर्ने भएको छ । आउँदै गरेको नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना आदानप्रदान दशै विशेष कार्यक्रम सहितको स्रष्टा सम्मान हुने भएकाले सम्पुर्ण कलाकार कला प्रेमि र गित संगीत प्रेमी पत्रकार समाजसेबी महानुभबहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख आतिथी सरकारको मन्त्री र विशेष आतिथी चीन केरुङ्ग ब्यापार संघका अध्यक्ष श्री मान बहादुर तामाङ लगायत थुप्रै ख्याति प्राप्त गायक,गायिका, नायक,नायिका र अन्य कलाकारहरुको बेजोड प्रस्तुति पनि हुने भएको जानकारीको लागि यो सुचनालाई प्रकाशित गरिएको छ । अध्यक्ष राजेन्द्रकुमार कार्कीले बताउनु भयो । अन्तिममा गित संगीतलाई माया गरिदिनु भै पाल्नु हुनको निम्ति पनि अनुरोध गरेको छ ।

