बिहिबार, असार ११, २०८३

मगर संघ जापान तोकाई होकुरिकुको अध्यक्षमा बिकास राना

निसान राना, नागोया । नेपाल मगर संघ जापान तोकाई होकुरिकुको क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । सेक्टेम्बर २३ मा कारीया स्थित कारीया सि कल्चलर हलमा सम्पन्न भएको अधिबेशनमा अध्यक्षमा बिकास राना सर्बसम्मत चयन हुनुभएको छ ।

धन शेर्पुञ्जा मगरको सभापतित्वमा नेपाल मगर संघ जापानको अध्यक्ष नविन थापा मगर प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेसनबाट १९ सदस्यीय कार्यसमिती चयन भएको हो । समितिको उपाध्यक्षमा क्रमश: धनसिङ बुढा मगर, जया घर्ति मगर, विकास आले मगर र महिला उपाध्यक्षमा कल्पना राना मगर रहेका छन भने सचिबमा यामबादुर पाईजा मगर सह – सचिवमा हिरा मगर, कोषाध्यक्षमा लोक बहादुर रोका मगर ,सह-कोषाध्यक्षमा दिवा थापा मगर निर्बाचित भएका छन । साथै सदस्यहरुमा बिनोद पुन ,अाई प्रसाद सिउथानी मगर ,ओमकार घर्तिमगर ,धन बहादुर फगामी मगर सरिना थापा मगर ,रन्जिता मगर, श्याम घर्ति मगर ,बिरमान घर्ति मगर ,नकस घर्ति मगर र इरात रोका मगर रहेका छन ।
नब निर्बचित पदधिकारीहरुलाई संघका भुपु अध्यक्ष मन बहादुर पुनबाट सपथ ग्रहण गराईएको थियो । भने कार्यक्रम संचालन संघका निबर्तमान महासचिव लक्ष्मण घर्ति मगरले गरेका थिए ।