बिहिबार, असार ११, २०८३

नेवा:खल जापानको नेवारी भोज कार्यक्रम सम्पन्न

टोकियो । नेवा:खल जापान नेवार समुदायको आयोजनामा नेवार भोज टोकियोको कासाई रिङकाई पार्कमा आफ्ना जातिय कला संस्कृति, भेष भुषाको साथमा सम्पन्न भएको छ ।

नेवा:खल जापान नेवार समुदायको आयोजनामा नेवार भोज गत आईतवार २३ तारीख कासाई रिङकाई पार्कमा आफ्ना जातिय कला संस्कृति, भेष भुषाको साथमा सम्पन्न भएको हो ।
उक्त नेवारी भोज कार्यक्रम आफ्नो देश भरिबाट बिभिन्न पेसामा जापानमा रहनु भएका नेवार समुदायको बाक्लो उपस्थिती रहेको थियो भने कार्यक्रम सभापतित्व प्रकास लाल श्रेष्ठले गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अथिती डा.बलराम श्रेष्ठ अथितीहरूमा महेस श्रेष्ठ, सुनिल शाक्य ,भुपि गोबिन्द श्रेष्ठ, ईन्दिरा सुज़ुकी ,सबिता श्रेष्ठ अनिता गुरूङ, सिद्धार्थ श्रेष्ठ,सुजन जोशी, राजन श्रेष्ठ, बिकास श्रेष्ठ ,उत्तम श्रेष्ठ ,नारायण खड्का र सकुल प्रजापतिले मनतब्य राख्नु भएको थियो भने संचालन राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ठ नृत्य र लक्की गेम विनरलाई प्रमुख अतिथि डा बलराम श्रेष्ठ र बिशेष अतिथि महेश श्रेष्ठबाट प्रदान गरीएको थियो । टोकियोमा नेवारी भोज कार्यक्रमको सम्पुर्ण संयोजन र ब्यबस्थापन सबिता श्रेष्ठले गर्नु भएको थियो ।  
उक्त नेवारी भोज कार्यक्रममा अध्यक्ष प्रकाश लाल श्रेष्ठबाट सबैलाई धन्यबाद दिनुभएको थियो ।