टोकियो । आज शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभा हुदैछ।
मध्यान्ह एक बजेबाट टोकियो शिनओकुवोस्थित सोलमारी सभा हलमा हुने महासंघको तेस्रो साधारणसभाको तयारी पुरा भएको छ। करिब चार दर्जन नेपाली पत्रकार आवद्ध रहेको नेपाल पत्रकार महासंघको साधारणसभामा प्रवास पत्रकारिता भाग दुई स्मारिकाको बिमोचन समेत गरिने छ।
समारोहमा महासघका सल्लाहकार,पार्षद, कार्यसमिति पदाधिकारीहरु तथा जापान शाखामा आवद्ध पत्रकारहरुको विशेष सहभागिता हुने छ।
रवी लामिछानेसंग खुल्ला अन्तरक्रिया तयारी पुरा
नेपाली टेलिभिजन क्षेत्रमा निडर पत्रकारका रुपमा पहिचान बनाएका चर्चित पत्रकार रवी लामिछानेले जापानवासी नेपालीहरुसग आज शुक्रबार विशेष अन्तरक्रिया गर्ने भएका छन।
नेपाल पत्रकारमहासंघ जापान शाखाको आयोजनामा महासंघको तेश्रो वार्षिक साधारणसभा समापन अवसरमा टोकियो नाकानो जिरो हलमा साँझ छ बजेबाट सुरु हुने कार्यक्रममा सहभागि सर्वसाधारणहरुसंग पत्रकार लामिछानेले खुल्ला अन्तरक्रिया गर्नेछन।
निशुल्क प्रवेशको व्यवस्था गरिएको सो कार्यक्रमका लागि विशेष सुरक्षा व्यवस्था समेत तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो। अध्यक्ष घलेले करिव १४ सय सिट क्षमताको हलमा जापानवासी नेपालीहरुलाई खुल्ला छलफलमा सहभागिताका लागि आव्हान समेत गर्नुभएको छ।
समसामायिक विषयमा छलफल तथा प्रश्नोत्तरका लागि खुल्ला सत्र समेत समावेश गरिएको बताउदै अध्यक्ष घलेले कार्यक्रममा सहभागिताका लागि विभिन्न संघसंस्थाका पदाधिकारी, सवैसाधारण तथा सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अपील गर्नुभएको छ।
9BDB8A35-FBAA-4121-A133-9446DF4637FE

