बिहिबार, असार ११, २०८३

राजदुतावास र एनआरएनए जापानको बिशेष पहलमा,पुन एक बर्ष टोकियो बससंग सम्झौता

टोकियो,४ असोज़ । टोकियोको मेगुरो बस स्टेशन बाट नेपाली राजदुतावास हुँदै चल्ने टोकियो बस संगको सम्झौता पून: अर्को बर्षका लागि नबिकरण भएको छ।

ट्रेन स्टेशनबाट राजदूताबास सम्म जानको लागि प्रयोग गरिने ४ वटा रूटका फरक -फरक बसमा यो सेवा लिन सकिनेछ। नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको पहलमा सो अभियान थालनी भएको हो । मेगुरो बस स्टेशनबाट ४ वटा रूटका बस एक दिनमा ४०० पटक दुतावासको अगाडिको बाटो हुँदै चल्ने गर्दछन् । राजदुतावास नजिकको बस स्टेशन आएपछि दिनमा प्रत्येक बसले “नेपाली राजदुतावास आयो यो स्टेशनमा, ओर्लदा सहज हुन्छ र नजिकको पेट्रोल पम्प लाई दाहिने पारेर मोडिनु जसको केहि अगाडि नेपाली राजदुतावास छ “भनेर जापानी र अंग्रेज़ी भाषामा उद्दघोष गर्ने गर्दछ। नेपाली राजदूताबास जाने जो कोहि नेपाली वा बिदेशी पाहुनाले सजिलै सेवा उपभोग गर्ने र उक्त रूट भएर चल्ने बसमा यात्रा गर्ने हजारौ पर्यटकहरुले नेपाली राजदुतावासको नाम सुनेपछि नेपालको बारेमा अझ बढि चासो लिने र नेपाल प्रतिको कौतुहलता अभिवृद्धि हुने भएकाले सेवा संगै नेपाल चिनाउने माध्यम भएको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेत बताउनू भयो ।
एक दिनमा ४ सय पटक बस त्यस स्टेशनमा रोकिन्छ भने ४ सय पटक नै उद्घघोष गर्ने छ। सन २०१५ को रेकर्ड अनुसार एक बर्षमा, १ करोड ३७लाख २७हजार २ सय २३ जना प्यासेन्जरहरुले त्यो रुटमा यात्रा गर्ने गर्दछन् । उक्त सेवा लिए बापत बस ब्यवसायिलाई बार्षिक ४ लाख २० हजार जापानी येन शुल्क भक्तानी गर्नुपर्ने छ । सनि २०१९ अक्टूबर सम्मका लागि नेपाली राजदूताबास जापान र एनआरएनए जापान ले ५०/५० प्रतिशत रकम भक्तानी गरेर नबिकरण गरेको हो ।

यो सुबिधा सन् २०१७ अक्टुवर १ तारिक बाट प्रारंभ भई यहि अक्टुवरमा सम्झौता सकिँदै थियो तर नेपाली दुतावासमा जानको लागि यो सुविधा निकै प्रभावकारी भएको ले आज २०७५असोज ४ गते(२०१८-९-२० तारिक) पुन:नेपाली राजदुतावास टेकियो का उपनियोग प्रमुख श्री कृष्ण चन्द्र अर्याल ,एनआरएनए जापानका अध्यक्ष श्री टासि वाङदी लामा र टोकियो बस बिच एक बर्षको लागि नेपाली राजदुतावास टोकियोमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा एनआरएनए जापानका बरिस्ठ उपाध्यक्ष देबिलाल भण्डारी , उपाध्यक्ष शिब प्रसाद पौडेल , सह कोषाध्यक्ष राम थापाको पनी उपस्थिति रहेको थियो ।