बिहिबार, असार ११, २०८३

नागोयामा पत्रकार रबि लामिछानेसँग बृहत् अन्तरक्रिया कार्यक्रम हुने

निशान राना, नागोया । गैर आवासिय नेपाली संघ जापान ,टोकाई होकुरिकुको आयोजना तथा ईजिलंक मनि ट्रान्सफर जापानको सहयोगमा नागोयाको आबो हलमा रबी लामिछाने सँग बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रम सक्तेम्बर बाईसमा साँझ ६ देखी ८ बजे सम्म हुने भएको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाको वार्षिक साधरण सभा तथा स्मारिका “प्रवास पत्रकारिता २ “को लोकार्पण कार्यक्रमको लागि जापान आउन लागेका लामिछनेले नागोयाबासी नेपालीहरु सँग पनि दु:ख सु:ख सात्ने भएको छ ।
कार्यक्रममा लामिछानेले आफ्नो पत्रकारीताको अनुभव तथा प्रभाव एवं बर्तमान नेपाली समाजमा संचारले महत्वपूर्ण भूमिका खेल्न जरुरत विषयहरुका बारेमा प्रस्तुती राख्ने छन भने उपस्थित सहभागिले समसामयिक विविध घटनाक्रमको बारेमा प्रश्नहरु राखी अन्तर्कृयामा सहभागी हुन सकिने छ ।
निशुल्क सहभागी हुन सकिने उक्त कार्यक्रममा अाई लामिछाने सँग आफ्ना मनका जिज्ञासा राखीदिनु हुनको लागि नागोयाबासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ ।