चसिला वाईबा,टोकियो,१ असोज । जापानमा पहिलो पटक आयोजना गरेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८ सम्पन्न भएको छ ।
टोकियोस्थित नाकानो जिरो हलमा सेक्तेम्वर १६ मा अवार्ड समारोह सम्पन्न भएको हो । १२ बिधा र मास पपुलर ४ बिधामामा दिएको अवार्डमा उत्क्रृष्ट फिल्म म यस्तो गित गाउँछु र उत्क्रृष्ट नायक पल शाह र नायिका पुझा शर्मा भएका छन् । अनलाईन भोटको आधारमा दिएको अवार्डमा पल र पुजा दुबै फिल्म म यस्तो गित गाउँछुबाट उत्क्रृष्ट भएका हुन् । यस्तै उत्क्रृष्ट निर्देशक फिल्म म यस्तो गित गाउँछु बाटनै सुदर्शन थापाले अवार्ड हात पारेका छन् ।
अन्य बिधाहरुमा उत्क्रृष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भएका छन् । मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत बर्ष प्रदर्शनमा आएको फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ बिधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्क्रृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा छक्का पञ्जा २ रहेको छ । यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड २०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशिल सदबहार नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मन२०१८ प्रदान गरिएको छ ।
निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता २०१८ बाट पुरस्कृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार येनसहित पुरस्कृत गरिएको छ । अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्क्रृष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी,आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका घोषित भएका छन् ।
अवार्डमा नेपालबाट झन्नै ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । अवार्ड समारोहले नेपाली कला, संस्कृतिको संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रबर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् ।
अवार्ड समारोह पछि जापानम निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।


