सोमबार, जेठ २५, २०८३

तामाङ कलकार संघ जापानले “ नमस्ते साँझ-२०१८” गर्दै

जापान । नेपाल तामाङ कलकार संघ जापानको आयोजनामा जापानको राजधानी टोक्योमा यही सेप्टेम्बर ३० मा नमस्ते साँझ २०१८ को आयोजना हुने भएको छ।

नेपाली संस्कृतिलाई माया गरौँ र सर्जकलाई सम्मान गरौं भन्ने मूल उदेश्यका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट संगीतकार तथा गायक टंक बुढाथोकी, संगीतकार तथा रचनकार एवम् साउथ एसियन स्टार आशुशेन लामा लगायत नेपाल तामाङ कलाकार संघ जापानको स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष तथा गायक कर्म दोङ तामाङले जानकारी दिनुभएको छ
दर्शक हरुलाई बिशुद्ध सांगितिक कोशेली पस्किने उदेश्य रहेको उक्त कार्यक्रम बेलुका ५ बजे १० बजेसम्म टोक्योको मेगुरो कुमिन सेन्टर हुदैछ । राजधानी टोक्यो लगायत आसपासमा रहेका सम्पुर्ण नेपाली गीत संगीत प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थीतीको लागी आयोजक सस्थाले अनुरोध समेत् गरिएको छ