टोकियो,२६ भदौ । सेप्टेम्वर १ बाट सूर्य ईन्टरनेशनल अवार्डको भोटिड प्रक्रृयाको सुरुवात भएको छ, जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा हुने उक्त अवार्डमा मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने आयोजकले यस अघि नै काठमांडूको र्याडिसन होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराईसकेको छ । निशुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने जनाएका अवार्ड कार्यक्रमका अध्यक्ष तथा सूर्य कर्पोरेशनका चियरमेन बासुदेव लामिछानेले हालै मात्र अवार्डको टिकट विक्रि वितरणको सर्त र बन्देजहरु सार्वजनिक गराएका थिए । अवार्ड कार्यक्रममा ५,००० र १०,००० गरि दुई प्रबृतिको टिकट रहेकोमा ५,००० को टिकट दर रहेको टिकट बिध्यार्थि बर्ग बिशेषलाई लक्षित गरी बितरण गरिएको बुजिएको छ ।
कार्यक्रमलाई नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल टूरिजम बोर्ड र नेपाल चलचित्र विकाश बोर्ड लगायतका नेपाल सरकारका सरकारी निकायहरुको सहयोग र सहकार्य रहेको छ, अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिक आईतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा हुदैंछ ।
बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने बताइएको अवार्डको लागि जापान र नेपालमा तयारी तिब्र गतिमा भईरहेको छ । अवार्ड समारोहमा चार दर्जनभन्दा बढी कलाकर्मीसहित सञ्चारकर्मी सहभागी हुनेछन् । अवार्डको नेपाल संयोजन पत्रकारद्वय समीर बलामी, नरेश भट्टराई, संदीप क्षेत्री र जितु नेपालले गरेका हुन् ।
कर्पोरेसनले अवार्डको दोश्रो दिन सेप्टेम्बर १७ तारीक सोमवार ( सार्वजनिक बिदा ) कलाकारको साथमा क्रुजमा कक्टेल पार्टीको आयोजना गरेको छ । जसमा जापानका सिमित प्रबुद्ध बर्ग, व्यवसायि, संगसंस्थाका प्रमुख तथा प्रतिनिधि र आंशिक व्यक्तिहरुको साथमा ५ घन्टा नाचगानको साथमा खानपिन कार्यक्रम रहेको छ ।
अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन् ।
मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।
त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् ।

