मङ्गलबार, जेठ १२, २०८३

नागोयामा तीज विशेष एकल नृत्य प्रतियोगिता सम्पन्न,मार्साङ लामा प्रथम ‘फोटोफिचर’

निशान राना,नागोया । गैर आवासिय नेपाली संघ जापान टोकाई होकुरिकुको आयोजनामा नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा एकल नृत्य प्रतियोगिता तथा निशुल्क दर खुवाउने कार्यक्रम सम्पन भएको छ। सेक्टेम्बर ८ मा नागोयाको नाकाकु स्थित साकुरा काईकानमा भएको उक्त प्रतियोगितामा बाह्र जनालाई प्रतिस्पर्धीलाई पछी पार्दै मार्सङ लामा प्रथम भएको छ ।
त्यसै गरी पूजा अर्याल, द्वितीय र मिरा थापाले तृतीय स्थान हासिल गरेका छन् । प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगिलाई क्रमशः पचास हजार ,तीस हजार र दश हजार जापानी येन नगद पुरुस्कार तथा प्रतियोगी सबैलाई प्रमाणपत्रले सम्मान गरिएको छ। उक्त प्रतियोगितामा समिर लामाले मुख्य निर्णयकको भूमिकामा थिए भने निर्णयकमा अाईसीसी एसिया प्यासिफिकका उपाध्यक्ष पारसमणी पोख्रेल र एन. आर. एन नागोयाका सचिब श्याम शितल रहेका थिए ।

त्यसैगरि धार्दिङ् समाज जापान, क्षेत्रिय समिति नागोया समेत सह-आयोजक रहेको उक्त कार्यकममा निशुल्क दर खुवाउने कार्यक्रम पनि रहेको हुँदा जापानबासी नेपालीहरुको बाक्लो सहभागीता रहेको थियो ।