जापान,२१ भदौ । जापानमा रहेका नेपालि चेलीहरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ ।
नवलपरासी समाज जापानले बुधवार सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको हो ।
कार्यक्रमलाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रमको सभापति सस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारी कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास जापानका राजदूत प्रतिभा राणा,बिशेष अथिति एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा ,अथितिहरुमा एनआरएनए सदस्य कपिल देब थापा , नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , जापानमा रहेका संग सस्थाका प्रमुख , पत्रकारहरु साथै बुदिजिबीहरु अतिथि रहनु भएको थियो ।
कार्यक्रममा समाजका सचिब कृष्ण ढुङ्गाले स्वागत गर्दै कार्यक्रमको उदघाटन आसिन आथितिहरुबाट नाचेर भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका राजदूत प्रतिभा राणाले नेपाली नारीहरुको आउँदै गरेको तिजको शुभकामना दिनु भएको थियो । समाजका अध्यक्ष अधिकारीले सहयोगी साथै उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रमलाई समापन गर्दै संस्कृति कार्यक्रम सुरु भएको थियो ।
समाजले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रममा नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक प्रकाश सपूतले सुरुवातमा बोल माया जस्ता गितले उपस्थित सबैको आँखा रसाएका थीए, गायिका चन्दा अर्याल , चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेको कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति दिएका थिए ।

