जापान,२१ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानको महिला फोरमले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसररमा नि शुल्क दर खुवाउने भएको छ ।
यहि ११ सेप्टेम्बर २०१८ मंगलवारको दिन शिनओकुवोको रोयल गार्डेन रेष्टुरेण्टमा नि शुल्क दर खुवाउन लागेको एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनु भयो ।
दर खाने कार्यक्रममा जापानमा रहेका महिला दिदीबहिनीहरुलाई नि शुल्क दर खुवाउने र तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेकोले एनआरएनए आइसीसी पदाधिकारीहरु,सल्लाहकारहरु लगाएत सम्पुर्ण महिला दिदीबहिनीहरुलाई उपस्थितीको लागि एनआरएनए जापान महिला फोरमका संयोजक सविता श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

