शनिबार, बैशाख १९, २०८३

नागोयामा तीजको अवसरमा एकल नृत्य प्रतियोगिता हुने

निशान राना ,नागोया । गैर आवासिय नेपाली संघ जापान ,टोकाई होकुरिकुको आयोजनामा नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा एकल तीज गीत नृत्य प्रतियोगिता तथा निशुल्क दर खुवाउने कार्यक्रम गर्ने भएको छ।कार्यक्रम सेक्टेम्बर ८ मा दिउसो १बजे बाट साँझ ८ बजे सम्म नागोयाको नाकाकु स्थित साकुरा काईकान हलमा हुने जानकारी आयोजकले दिएको छ।
जापानबासि नेपाली दिदिबहिनीहरुको कलालाई मध्य नगर गर्दै सेक्टेम्बर ५ तारिक सम्मका लागि नामावलि दर्ता खुल्ला गरिएकोमा बाह्र जना प्रतियोगिहरुको सहभागी हुने भएका छ। प्रतियोगितामा तनुजा शर्मा ,मार्साङ लामा ,जानकी राना ,साहारा पौडेल ,अस्मिता खरेल ,मिरा थापा , एलिना लामा , अनिता राई ,यमु थापा ,माया पुर्जा मगर ,पुजा अर्याल र दिपा सिटौलाको एकल नृत्य प्रस्तुति रहने छन्। उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरुले नाच्ने गीत ५ मिनेत भन्दा कम हुनु पर्ने छ भने प्रतियोगीहरुको भेसभुषालाई पनि बिशेष प्राथमिकतामा राखिने जानकारी कार्यक्रम संयोजक दिपक कार्कीले दिएका छन्। कार्कीका अनुसार निर्णयक मन्डलमा रहेका जजले दिएको अंकको आधारमा प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगिलाई क्रमशः पचास हजार ,तीस हजार र दश हजार जापानी येन नगद पुरुस्कार रहने तथा प्रतियोगी सबैलाई प्रमाणपत्रले सम्मान गरिने छ।

त्यसैगरि धार्दिङ् समाज जापान, क्षेत्रिय समिति नागोया समेत सह-आयोजक रहेको उक्त कार्यकममा निशुल्क दर खुवाउने कार्यक्रम पनि रहेको हुँदा जापानबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा अाई कार्यक्रमलाई भब्य र सभ्य बनाईदिनु हुन आयोजकले हार्दिक अनुरोध गरेका छ ।