बिहिबार, असार ११, २०८३

एनआरएनए जापानको वार्षिक साधारण सभा ओकिनावामा हुने

जापान,२० भदौ । गैर आवासीय नेपाली संघ(एनआरएनए) जापानले २०१७-१९ कार्यकालको पहिलो वार्षिक साधारण सभा आगामी अक्टोबर ६ तारिख ओकिनावामा गर्ने भएको छ।

एनआरएनए जापानको २०१७-१९ कार्यकालको पहिलो वार्षिक साधारण सभा आगामी अक्टोबर ६ तारिख ओकिनावामा गर्ने भएको  हो ।

संघको केन्द्रिय कार्यालयमा अध्यक्ष टासी वाङ्दी लामाको अध्यक्षता बसेको बैठक मा एनआरएनए आइसीसी सदस्य,सल्लाहकारहरुको बिशेश उपस्थिती रहेको थियो सो बैठकले सो निर्णय गरेको हो । संघले वार्षिक साधारणसभा मार्फ़त आयब्यय प्रस्तुत ,भावी योजना ,विधान संशोधन र वार्षिक गतिविधिहरू प्रस्तुत गर्ने जनाएको छ।

 अक्टोबर ६ मा ओकिनावामा हूने साधारणसभामा सहभागी हून आफ़्ना १२५०० साधारण सदस्यलाई आह्रान गरेको छ। साथै सभालाई ब्यबस्थित तथा संयोजन गर्न संघका उपाध्यक्ष शिव प्रसाद पौडेललाई जिम्मेबारी दीईएको एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनु भयो ।

लामाको राजिनामा,अधिकारीलाई मनोनित

गैर आवासीय नेपाली संघ(एनआरएनए) जापानले १७-१९ कार्यकालका सदस्य मेख वाइबा लामाले सदस्य पदबाट दिएको राजिनामा संघको सेप्टेम्बर ३ तारिक बसेको कार्यसमितिको बैठक स्वीकृत गर्दै उक्त रिक्त पदमा तोकाई होकिरिकू (नागोया)का राजकुमार अधिकारीलाई मनोनित गरेको प्रवक्ता बस्नेताले जानकारी दिनु भयो ।