टोकियो,१४ भदौ । नेपालका पूर्व राष्ट्रीय फ़ुटबल खेलाडी राजिनाथ राजबंशीको जिवन रक्षाका लागी आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
जापानबाट पुर्बेली विकास सहकार्य केन्द्रले आर्थिक सहयोग गरेको हो । राजवंशीलाई नेपाली ६० हजार १ सय ८५ रूपैया पठाएको जापानका प्रतिनिधि तथा अभियान संयोजक भूषण कोईरालाले जानकारी दिनुभयो ।
गत आइतवार जेएमइबाट भरतपुर राजवंशीको नाममा आर्थिक सहयोग गरेको पिडितलाई पठाईएको केन्द्रले जानकारी गराएको छ । दुबै मृगौला खराब भै जिबन र मरणको संघारमा रहेका पूर्व फुटबल खेलाडी राजबंशीको प्राण रक्षागर्न पबित्र कार्यका लागी भुपी श्रेष्ठ,गणेश बिष्ट ,कुमार कार्की र डुकु थामी लगाएत जन सम्पर्क समिति जापानको सिंगो टिमलाई यस पबित्र काममा सहयोग गरेकोमा आभार व्यक्त गरेको छ ।

