मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा दुई दिने नेपाल फेष्टिवल भब्य रुपमा सम्पन्न

टोकियो,११ भदौ । जापानमा दुई दिने ११ औ संस्करणको नेपाल फेष्टिवल कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्तमा शनिवार र आईतवार टोकियोस्थित कोमाजावा पार्कमा फेष्टिवलको औपचारिक उद्घाटन बेलुन उडाएर गरिएको थियो ।
नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैरआवासिय नेपाली संघ आइसीसीका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले संयुक्त रुपमा गर्नु भयो ।

नेपाल फेष्टिवलमा गैरआवासिय नेपाली संघ आइसीसी अध्यक्ष भवन भट्ट , एनआरएनए आइसीसीका पदाधिकारीहरु ,एनआरएनए कोरीया र हङकङ अध्यक्ष , जापानस्थित विधिन्न संघसंस्थाको प्रतिनिधीहरु लगाएत जापानी तथा नेपाली साथै अन्य मुलुकका मानिसहरुको पनि वाक्लो सहभागि रहेको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले फेस्टिवलमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो ।