मङ्गलबार, जेठ १२, २०८३

पहरी समुदायले निर्माण गरेको बेतबाँसमा आधारित हष्तकला प्रर्दशनी

ललितपुर,९ भदौ । नेपालको आदिवासी जनजाति मध्ये पहरी समुदायको कला संस्कृति र पहिचान लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले पहरी समुदायले निर्माण गरेको सामग्री पर्दशनीमा राखीएको छ  ।

ललितपुरको लगनखेलमा शुक्रवारबाट नेपाल पहरी बिकास संघ र बहुउदेश्य अनुसन्धान  केन्द्रको संयुक्त आयोजनामा ललितपुर बडीखेल कोड्कु हाल गोनपा चारमा पुखौदेखी बसोबास गरीरहेका पहरी जातिको पहिचान सिप हाम्रो सान,पहरी जातिको सम्मान भन्ने नाराका साथ शुक्रवार र शनिवार ललितपुरको लगनखेलमा प्रदेश नं ३ को सभामुख सानु कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता रप्रदेश सांसदहरू लाल कुमारी पुन , राजकाजी महर्जन , चेतनाथ संजेल ,गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको बिशेष आतिथ्यता र विभिन्न व्यक्तिहरूको उपस्थितिमा दुई दिने पहरी जातिको पुर्खौली देखी गर्दै आएको परम्परागत बेतबाँसमा आधारित हष्तकला सिपको बिकास र सम्बर्धन गर्न प्रर्दशनी सुरु भइ आज शनिवारसम्म चल्ने भएको छ । पर्दशनीमा वाँसबेदमा आधारित नालों,डालो,फ़ोटो फिरेम,ढकी,कुर्सी लगाएतको सामग्री पर्दशनीमा राखीएको छ ।
उक्त पर्दशनीले पहरी समुदाय र यस बाँसबेद्संग आधारित परिवारलाई टेवा पुग्ने र यस पेशालाई आधुनिकीकरण गरी व्यावसायिक रूपमैं गर्न सहयोग पुग्ने पहरी संघका अध्यक्ष मुकुन्द पहरीले बताउनु भयो ।