टोकियो,६ भदौ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले टोकियोमा नयाँ कार्यालयबाट सेवा दिन सुरु गरेको छ । मिनि नेपाल भनेर चिनिएको शिनओकुबोमा नयाँ व्यवस्थापनसहित सेवा दिन सुरु गरेको हो । सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख महेश श्रेष्ठ, इताओ बैंकका म्यानेजर खाबुराकी, एसबिआईका बैंकका प्रमुख आन्द्रो, सिटी मनि ट्रान्सफरका डाइरेक्टर आकासाका, सिटी एक्सप्रेस समूहका अध्यक्ष हेम गुरुङ, उपाध्यक्ष द्रोणराज शर्मा, सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले नयाँ कार्यालयको संयुक्तरुपमा उदघाटन गरे ।
सिटी एक्सप्रेसले सहकारी,जलविद्युत, वित्तिय संस्था, ट्राभल लगायतका क्षेत्रमा लगानी गरेको छ । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख महेश श्रेष्ठले धेरै भन्दा धेरैलाई आबद्द गराउन अझै थुप्रै क्षेत्रमा लगानी बढाउन लागिएको जानकारी दिए ।
सेवाग्राहीको चाप बढेपछि सेवालाई सजिलो र छिटो छरितो बनाउन कार्यालय विस्तार गरी नयाँ ठाउँमा सारिएको समेत श्रेष्ठले जनाए । सन् २००७ बाट कारोबार थालनी गरेको हो सिटीले नेपाल, भियतनाम, इण्डोनेसिया, भारत, म्यानमार, बंगलादेश, श्रीलंका, फिलिपिन्स, कोरिया लगायतका देशमा कारोबार गर्ने गरेको छ ।
जापानका प्रमुख सहर फुकोउका, नागोया, ओसाका, चिवा, सिजोउका लगायत विभिन्न सहरमा यसका शाखा रहेका छन् ।

