बुधबार, बैशाख १२, २०८१

जापान सरकारलाई नेपालमा लगानी गर्न गृहमन्त्री थापाको आग्रह

काठमाडौं,७ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जापान सरकारलाई नेपालमा लगानीगर्न आग्रह गरेका छन् ।

नेपाल सरकार सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको भन्दै गृहमन्त्री थापाले नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले मार्फत यस्तो आग्रह गरेका हुन् ।

बुधबार गृहमन्त्री थापा र राजदूत साइगोबीच शिष्टाचार भेटवार्ताका क्रममा गहृमन्त्री थापाले नेपालको पूर्वाधार, ऊर्जा, पर्यटन, कृषीलगायतको क्षेत्रमा जापानको सहयोग आवश्यक रहेको बताएका थिए ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भइसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा राजदूत साइगोले आफू गत जुन महिनामा मात्रै नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताएका छन् ।
उनले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धतामेत व्यक्त गरे ।

राजदुत साइगोले आफुलाई कृषी क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषी क्षेत्रको विकसका लागिसमेत पहल गर्ने बताए ।

उनले बिभिन्न कामका लागि नेपाल बसिरहेका र भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिनसमेत गृहमन्त्री थापालाई आग्रह गरेका थिए ।