सोमबार, बैशाख ०७, २०८३

गजल

अपहरण बलात्कार रोक्नुपर्छ सरकार अब
अपराधीलाई सजाय तोक्नुपर्छ सरकार अब

नत चेली सुरक्षित छन नत साना बालक नै
सुरक्षाको जिम्मा बोक्नुपर्छ सरकार अब

हत्याहिंसा नरोके लम्किदैन देश विकास तिर
अन्याय अत्याचार गर्नेलाई ठोक्नुपर्छ सरकार अब

स्वास्थ्य शिक्षा निशुल्क बन्नुपर्छ बिस्तारै
समाजबादको विरुवा रोप्नुपर्छ सरकार अब~~प्रकाश बुढाथोकी,जापान