कोरिया,४ भदौ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको अध्यक्षमा गोकुल थोकर चयन भएको छ ।
कोरियाको थेजन सहरमा आइतबार भएको दोस्रो अधिबेशनले फोनिज डट नेटका सम्पादक गोकुल थोकरको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बाला राई, सचिवमा रेश्मा राई, सहसचिवमा शेर साङ्बो शेर्पा, कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यहरुमा क्रमश सिमा लामा, बिमल लामा, शन्तलाल घिसिङ, लेशन गुरुङ, उत्तम खाजुमलाई चयन गरेका छन् । केही थप सदस्यहरु पहिको बैठकले चयन गर्ने फोनिजले जनाएको छ ।
दोस्रो अधिबेशनको उद्घाटन शत्र प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोरिया शाखाको अध्यक्ष खेम कार्कीले गरेको थिए । अन्य अतिथिहरुमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सचिव युगेल शेर्पा, तामाङ पत्रकार संघ कोरियाको अध्यक्ष सिमा लामा, शेर्पा संघ कोरियाको अध्यक्ष शेरसाङ्बो शेर्पा, नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ण तमु, पासाङ नोर्बु शेर्पा, थेजन नेपाली समाज कोरियाको अध्यक्ष गोबिन्द बस्तोला थियो । उपस्थित प्रमुख अतिथी र अतिथिहरुले शुभकामना व्यक्त गर्दै फोनिजमा सम्बद्ध पत्रकारहरुले आदिवासी जनजातीको मुल मुद्दा र आवाजलाई निश्पक्ष रुपमा सक्रिय ढंगले आ-आफ्नो मिडियामा सम्प्रेषणमा जोड दिन आग्रह गरेको थियो ।
प्रवास शाखा कोरियामा २०१३ मा स्थापना भएको थियो । अधिबेशनमा फोनिज शाखाको स्थापनाको सल्लाहकारको भुमिका लगायतका योगदानको कदर गर्दै फोनिज डट नेटको संचालक देबेन्द्र सम्वाहाङ्फेलाई सम्मान गरेको छ ।
अधिबेशन फोनिज कोरियाका अध्यक्ष पत्रकार मन्जु गुरुङको सभापतित्वमा उद्घा

