मङ्गलबार, जेठ १२, २०८३

चर्चित गायिका मेलिना राई र गायिका कृष्णा गुरुङलाई जापानमा भब्य स्वागत

टोकियो,२ भदौ । चर्चित गायिका मेलिना राईर लोक गायिका कृष्णा गुरुङ जापान भब्य स्वागत गरेको छन् ।

शनिवार नारिता एयरपोर्टमा तमु धिं जापानले भब्य स्वागत गरेको हो । तमुहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २२ औ रोधीं सांस्कृतिक सॉझ २०१८ मा भाग लिन गायिकाद्धय राई र गुरुङ जापान पुनेकी हुन ।
शात्र हराए संस्कृति हराउछ, संस्कृति हराए संस्कार हराउछ,संस्कार हराए मान्छे हराउछ’ भन्ने मुल नाराको साथ सम्पन्न हुने उक्त सांस्कृतिक कार्यक्रम नेपालबाट आमंत्रित तथा स्थानीय ख्याति प्राप्त कलाकाहरुको साथमा हुने जनाएको छ ।
बिदेसी भूमिमा रहेर आफ्नो कला, भाषा, भेष भुषा संस्कार र साँस्कृतिलाइ जिबन्त दिदै आएको तमु धिं जापानले हरेक बर्ष रोधी र अर्को ठुलो सांस्कृतिक चाड तमु ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाउदै आइरहेको छ । यहि अगष्ट १९ तारिक आईतबारको दिन टोकियोको ‘मेगुरो कुमिन सेन्टर’ आयोजना गरेको २२ औ रोधीं सॉझका नेपालवाट आमन्त्रित कलाकारद्धय राई र गुरुङलाई शनिवार साझँ ओमोरी सारंगीमा पनि स्वागत पार्टी सम्पन्न गरेको छ । तस्विर : प्रमेस तमु