जापान,१ भदौ । सेन्मोन गाक्को ग्र्याजुएसन गरि रोजगारीका लागि भौतारिएका फुकुओकाका ४ विद्यार्थीको पैसा कुम्ल्याएर एक व्यक्ति सम्पर्कबिहिन भएका छन् । जे एन ब्रीज कम्पनी लिमिटेडका हेमन्त राई केही दिनअघि सम्म दिन्छु- दिन्छु भनि सम्पर्कमा आएपनि हाल भने सम्पर्कबिहिन भएपछि पीडितले एनआरएन समक्ष आफ्नो पैसा उठाईदिन अपिल सहित अध्यक्ष टाँसी लामाको नाममा पत्र पठाएका छन् ।
फुकुओकाको कम्प्युटर कलेजबाट यसै बर्ष सोचुगीयो भएका बिनोद श्रेष्ठ, प्रकाश श्रेष्ठ, बिकास गिरी र नवराज लामिछाने को १५ ,१५ मानको दरले जापानको प्रतिष्ठित कम्पनी आउट सोर्सीगं टेक्नोलोजीमा काम लागाइदिन्छु भनी राईले उक्त रकम मागेका थिए । काम लागाउन नसके रकम फिर्ता गर्ने बाचा गरेका उनी एका- एक सम्पर्कबिहिन भएका हुन् ।
बुझ्नमा आए अनुसार उनी हाल नेपालमा छन् । कलेजबाट सियुसोकु फिक्स गरेपनि अध्यागमनले भिसा नदिएपछि छटपटाईरहका उनीहरुलाई हेमन्तले राम्रो जालमा फसाउन सफल भए । ६० मान कुम्ल्याएर सम्पर्कमा नआएपछि फुकुओकाका दिग्गज व्यक्तिको सल्लाहमा उनीहरु एनआरएन जापान समक्ष पुगेका हुन् ।
हेमन्तको जापानको टोकियोमा एनआरएनका केन्द्रीय पदाधिकारिहरुसंग राम्रो सम्पर्कमा समेत रहेको बुझिएको छ । जापानमा नेपाली बढ्दै गएसंगै ठगिका घटना समेत बढ्न थालेका छन् । @ सचिन आचार्य, जापान नेपाल डट कम


