टोकियो,३१ साउन । तमुधीं जापानको आयोजनामा हुने २२ औ रोधीं सांस्कृतिक सॉझ २०१८ को तयारि पुरा भएको तमु धिं जापानको अध्यक्ष अनिता गुरुङले जानकारी दिनु भएको छ ।
‘प्ये म्ह्स्याँ छ्या म्हमु, छ्या म्ह्स्याँ ल्हु म्हमु, ल्हु म्ह्स्याँ म्ही म्ह्मु’ अर्थात शात्र हराए संस्कृति हराउछ, संस्कृति हराए संस्कार हराउछ,संस्कार हराए मान्छे हराउछ’ भन्ने मुल नाराको साथ सम्पन्न हुने उक्त सांस्कृतिक कार्यक्र नेपालबाट आमंत्रित तथा स्थानीय ख्यातिप्राप्त कलाकाहरुको साथमा हुने समेत उहाले बताउनु भएको छ ।
बिदेसी भूमिमा रहेर आफ्नो कला, भाषा, भेष भुषा संस्कार र साँस्कृतिलाइ जिबन्त दिदै आएको तमु धिं जापानले हरेक बर्ष रोधी र अर्को ठुलो सांस्कृतिक चाड लोसार विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाउदै आइरहेको छ | यसैलाई निरन्तरता दिदै तमु धिं जापानले यसपालिको सांस्कृतिक पर्ब यानिकी, २२ औ रोधीं सॉझ यहि अगष्ट १९ तारिक आईतबारको दिन टोकियोको ‘मेगुरो कुमिन सेन्टर’ आयोजना गरेको छ ।
रोधी साँझलाइ धमाकेदार एबं मनोरंजनात्मक बनाउन तमु धिं जापानले यसपाली नेपाली सांगितिक आकाशका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्णा गुरुङ लगायतलाई जापान ओराल्दै हुनु हुन्छ । नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि सुन्दरी गायिका राइ स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका हुन । राइको ‘कम्मर माथि पटुकी’, ‘बाटो फेरेउरे , अर्कैलाई हेरेउरे’, ‘कुटु मा कुटु’, ‘आसुँ पुछ्ने रुमाल’, ‘तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ’, ‘पिरतीको डोरी’, ‘तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ’, ‘पत्थर झैं रैछ तिम्रो मुट’, सोह्र पुगी सत्रमा जस्ता दर्जनौ चर्चित गीतहरु छन् ।
यसैगरी कार्यक्रमममा लोकदोहोरी क्षेत्रमा ख्याती कमाएका चर्चित लोक गायिका कृष्णा गुरुङ, लोक तथा पप गायक खेम गुरुङ, अमर गुरुङ, लगायतका स्थानीय कलाकाहरुको समेत बेजोडको प्रस्तुति रहने छ । साथमा कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन थुप्रै बाल तथा प्रौड कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक अमर गुरुंङ्ले बताउनु भयो ।

