कोरिया,३१ साउन । ‘संचारमा समावेशी आवाज’ भन्ने नाराका साथ यहि अगष्ट १९ तारिख आइतबारका दिन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको दोस्रो अधिवेशन गरिने भएको छ । थेजनस्थित सगरमाथा रेष्टुरेन्टमा दिनको ११ बजेदेखि हुने उक्त अधिवेशनमा कोरियामा रही विभिन्न मिडियामा संलग्न रहेका आदिवासी जनजाति मूलका पत्रकारहरुवीच एक आपसमा परिचय गरी आगामी दिनमा स्तरिय पत्रकारिता बारे छलफल गरिने छ । साथै कोरियाका विभिन्न पत्रकारिताबारे विचार विमर्श गरी फोनिज कोरियाको भावी कार्यनीति तय गरीने छ ।
आदिवासी जनजातिका संस्कृती तथा पहिचानका सवाल र मुद्दालाई मिडियामा उठान गरिने बारे पनि आवश्यक छलफल गरिने भएकाले कोरियामा रहेका आदिवासी जनजाति संघ संस्था, बुद्धिजिविलगायत पत्रकारितामा संमलग्न सबैलाई उपस्थित भइदिनुहुन आयोजकले हार्दिक आग्रह गरेको छ ।

