भवानी पन्त,नागोया । गल्कोट देखि जापान आइ अध्ययन बिभिन्न पेशा तथा ब्यबसाय गरेका गल्कोटेहरुको साझा स+स्था गल्कोट समाज जापानको पाFचौ अधिबेशन दिलु खत्रीको अध्यक्षतामा ३३ सदस्यीय समिति निर्बिरोध निर्बाचित गर्दै सम्पन्न भएको छ ।
जुलाई ३१ तारिख टोकियो सिनओकुबुस्थित सभा हलमा आयोजित अधिबेशन सभामा हल को समय लगाएत बिबिध कारणले सम्पूर्ण टिमलाइ घोषणा गर्न सकिएको थिएन । केहि पदमा सहमति हुन नसक्नु अनि हलको समय छोटो हुनु नै सोहि दिन समितिले पूर्णता पाउन नसक्नुको प्रमुख कारण बन्यो । बिभिन्न चरणको छलफल पछि निर्बाचन समितिको पहलमा नागोयामा ब्यापक छलफल सहितको सहमतिमा अगष्ट १० तारिख समितिलाइ पूर्णता दियो ।
समितिमा अध्यक्ष दिलु खत्री, बरिष्ठ उपाध्यक्ष भवानी पन्त, उपाध्यक्षहरु क्रमश: कालिका थापा, तेज चालिसे, बिजय भण्डारी, भिम क्षेत्री र भोजेन्द्र सुबेदी रहनु भएको छ । समाजको महा-सचिबमा कृष्ण के सी र सचिबद्वयमा नविन न्यूउरे र राजेन्द्र श्रेष्ठ रहनु भएको छ । यसैगरि कोषाध्यक्षमा रामु चालिसे भने सह-कोषाध्यक्षमा डिलाराम गैरे रहनु भएको छ । बिभाग अन्तरगत लोकेश खत्रीलाइ युवा विभाग र लक्ष्मण कार्कीलाइ प्रकाशन बिभागको सयोजकको जिम्मेबारीमा रहनु भएको छ । समितिका सदस्यहरुमा क्रमश: रत्नसिंह बस्नेत, निम खड्का, पदम बुढाथोकी, रमेश गौतम, सुमित खत्री, मिलन बस्नेत, अम्मर भण्डारी, राजु गैरे, धन ब. खत्री, नन्दराज रेग्मी, राम ब. थापा(दिल), कृष्ण खत्री, किसान बस्नेत, पबी अधिकारि, चन्द्रा अधिकारि, रमना पौडेल रहनु भएको छ ।
केन्द्रीय समितिमा पदेन सदस्यहरु अन्तरगत सम्पूर्ण क्षेत्रका सदस्यहरु क्रमश: महेन्द्र साहानी(टोकियो), युवराज गौतम(नागोया), शिबु थापा (ओसाका), बिपिन कंडेल (फुकुओका) , लाल ब. खत्री ( सिजुओका), गीता बस्नेत (यामानासी/नागानो) रहनु भएको छ । समितिमा ३ सदस्य पछि मनोनित गरिने छ । घोषणा सभामा जापानको बिभिन्न क्षेत्रबाट गल्कोटेहरुको उपस्थित रहेको थियो । घोषणा सभामा उपस्थीत सम्पूर्ण समाजका संरक्षक, सल्हाकार लगाएत उपस्थित सबैको एक मत गल्कोट समाजलाइ अन्तराष्ट्रिय करण गर्ने त्यसको पहलकदमी गल्कोट समाज जापान ले लिनेमा रह्यो ।
सभामा, सस्थापक अध्यक्ष कृष्ण गौचन, पुर्ब अध्यक्ष हरु हर्क थापा, मोहन खत्री, आत्मराम गैरे, गोबिन्द श्रेष्ठ, निबर्तमा अध्यक्ष नर ब. थापा, सल्हाकारहरु याम खत्री, टंक गैरे, दिपक के सी, मगरसंघ जापानका अध्यक्ष गङ्गा घर्तिमगर, लगाएतले शुभकामना दिनु भएको थियो । कार्यक्रमको अन्तमा धन्यबाद ज्ञापन गर्दै सस्थाका नवनिर्बाचित अध्यक्ष दिलु खत्रीले गल्कोट समाज जापान बिगतका कमी कमजोरीबाट पाठ सिक्दै अझ सक्रिय रुपमा अगाडी बढ्ने बताउनु भयो । घोषणा सभा पछि बसेको समितिको पहिलो बैठकले गल्कोटमा कृर्षी क्षेत्रमा आफुलाई अनवरत रुपमा लागिरहेका किसानहरुलाइ सम्मान स्वरूप उत्कृष्ठ कृषक पुरस्कारको ब्यबस्था गर्ने निर्णय समेत गरेको छ । यसको बिस्तृत बिबरण पछि जानकारी गराईने छ ।
अन्तमा गल्कोट समाज जापानले अधिबेशनमा टाढा टाढा बाट पाल्नु भएका सम्पूर्ण अतिथिज्युहरु, पत्रकार मित्रहरु गल्कोटे दाजुभाई दिदि बहिनिहरुमा हार्दिक धन्यबाद ज्ञापनगरेको छ ।

