सोमबार, जेठ २५, २०८३

चलचित्र “साकुरा फेरी फुल्छ” जापानमा निर्माण हुने

टोकियो,२५ साउन । माओत्से गुरुङ फिल्मस प्रालि को ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र “साकुरा फेरी फुल्छ “जापानमा निर्माण गर्ने भएको छ ।

शुक्रवार टोकियोमा एक पत्रकार सम्मेलन गरि जापानमा निर्माण गर्ने कुराको जानकारी दिएको हो ।
जापानमा नेपालीले भोक्नु परेको समस्या,अवसर अनि चुनौतिलाई समेटिएर निर्माण हुन लागेको उक्त चलचित्रमा माया प्रेमको पनि समावेश गरिने निर्माण पक्षको दावि छ । जापानमा विभिन्न आवद्ध व्यक्तित्वहरुको ८० लाख लगानीमा निर्माण हुन लागेको उक्त चलचित्रमा टि २० टिम बनाएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

फिल्मको ९५ प्रतिशत जापानमा छायाकन हुनेछ भने ५ प्रतिशत नेपालमा हुने जनाएको छ । जापानको दुख भोगाई निरासाभित्रको आस फिल्ममा समेटिने निर्देशक ओम प्रकाश गुरुङले जानाकारी दिनुभयो ।
टी २० टोलीमा अमर गुरुङ अर्मान गुरुङ ,विनोद गुरुङ, बुद्धि गौचन ,हर्क गुरुङ ,जितमान गुरुङ ,केशर गिरी ,खड्का सिंह गुरुङ मान बहादुर गुरुङ ,माया गुरुङ ,मिलन गुरुङ ,ओम प्रकाश गुरुङ ,ओम सङी गुरुङ ,पदम गुरुङ ,प्रबिन हिरचन ,राजन कुमार पौडेल, श्री गुरुङ ,तेन्जिङ्ग शेर्पा ,यम गुरुङ ,युक्त मान गुरुङ छन ।

यस फिल्मको मुख्य भुमिकामा  माओत्से गुरुङ ,राजन राई ,मधुसुदन भण्डारी ,नवराज गिरी , शृस्टी थापा ,लालशोभा गुरुङ ,माया गुरुङ ,डी एस मल्ल ,ओमसंगी गुरुङ ,खेम गुरुङ ,विनोद गुरुङ,मानबहादुर गुरुङ सन्तोष परियार, प्रकाश सिग्देल ,कबिता गुरुङ ,पदम गुरुङ सुचन राई ,सुरज राई ,सुमन पौडेल ,राजन कुमार पौडेल सञ्जु ,सन्तोष स्याङ्देन ,प्रकाश गुरुङ कलाकारहरुको अभिनय गर्ने भएका छन् ।

फिल्ममा छायाकन प्रविन हिराचन ,मेकअप राजु याकुजा , नृत्य निर्देशक अरमन गुरुङ ,केवल गुरुङ र संगित सर्वग्य मान बर्जाचार्य र जितमान गुरुङको रहने छ । फिल्मको छायाकन १ महिना भित्र सकिने निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।