जापान,२३ साउन । टयारोट कार्डको माध्यमबाट मानिसको भविष्य बताउने पहिलो नेपाली महिला जापान आउने भएकि छिन्।रेकी मास्टर,वास्तुशास्त्रीको रुपमा बेलायतमा चर्चित क्षमता ढकाल जापान आउन लागेकि हुन्।अगस्ट १० तारिखका दिन जापान आउने ढकालले टयारोड कार्ड बाट मानिसको भविष्य ऐना हेरेझैं बताउने दाबी गर्छिन्।
टयारोट कार्डबाट प्रेम बैवाहिक जीवन,व्यापार व्यवसाय,पारिवारिक जीवन आदिका बारेमा क्षमताले भविष्यवाणी गर्ने गर्छिन्।शुभ-अशुभ पत्ता लगाउने,ब्यवसाय वृद्धि गराउने,पीर चिन्ता हटाएर जीवनलाई खुसी बनाउन टिप्स दिने,व्यक्तिको बलियो र कमजोर पक्ष पत्ता लगाईदिने र जिन्दगीका भ्रम र दिग्दारिलाई टयारोट बाट ठीक पारिदिने उनले बताईन्।
टयारोट कार्डबाट मानिसका कमजोरी पत्ता लगाईदिएपछि स्टोन(पत्थर) लगाउन,घरमा राख्न वा बोकेर हिंड्न सुझाउँछिन्।व्यापार बढाउन प्रयोग गरिने पत्थर(मनी स्टोन),पढाई तेज हुने पत्थर,श्रिमान श्रीमतीको सम्बन्धलाई गाढा बनाउन प्रयोग हुने पत्थर आदि आफुसंग रहेको उनि बताउँछिन्।
निन्द्रा नलाग्नेलाई निन्द्रा लगाउने,टाउको दुखेको निको पार्ने,नकारात्मक सोचाइलाई हटाएर सकारात्मक सोचाइ जगाउने आदि प्रकारका पत्थर आफु संग भएको उनि दाबी गर्छिन्।झट्ट सुन्दा विश्वास गर्न नसकेपनि आफ्नो भविष्यवाणी ९० प्रतिशत भन्दा बढि मिल्ने उनको दाबी छ।उनि आफुलाई माता भन्न चाहीं रुचाउँदिनन् ।

