Nepali date


सोमवार, चैत्र ४, २०७५

गायिका निर्मला घिसिङको ‘विदेशी गल्ली–गल्लीमा’ बोलको गीत सार्वजनिक( भिंडियोसहित)

काठमाडौं २२ साउन । गायिका निर्मला घिसिङको आवाज रहेको ‘विदेशी गल्ली–गल्लीमा’ बोलको गीत सार्वजनिक भएको छ । ‘छम छम गर्ने खुकुरी’ एल्बममा समेटिएको यस गीतमा शब्द र संगीत चिरन पुनको रहेको छ भने गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

गीतमा नेपालीलाई अरवको मरुभूमि खाडीमा,मालयाको छाउनीमा खाडीमा र भारतको गल्ली–गल्लीमा रोजगारका लागि जान कसले र कसरी बाध्य पारियो अनि बिदेशमा बोक्नु बोकनु परेको पिडालाई मार्मिक रूपमा पस्किन खोजिएको छ । साथै विदेशीएका नेपालीलाई आफनो देशमा चाडै फर्केर नयाँ जाँगर चलाएर मोती फलाउनु छ भन्ने गीतको आशय रहेको छ ।

अर्काको देशमा होइन अब आफनो देशमा रगत ,पसिना खर्च गरौँ र आफनो देशलाई स्वनधीन र सम्मुनत बनाउँन फर्क अब भन्ने अनुरोध समेत गीतले गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया