जापान,२१ साउन । कास्की पोखरा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार शिनोकुबु स्थित सोल्मारी मुरा हलमा सम्पन्न अधिवेशनले बिकास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
समाजको अध्यक्षमा बिकास श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विश्व सुबेदी, उपाध्यक्षमा सन्देश अधिकारी, प्रकाश लाल श्रेष्ठ र उमनाथ कोइराला रहेका छन् भने महिला उपाध्यक्षमा अन्जु भण्डारी, महासचिवमा कमल वास्तोला, सचिवमा हरि पहारी, क़ोषाध्यक्षमा खड्क सिंह ग़ुरुङ, सहक़ोषाध्यक्षमा सरू वास्तोला चयन भएको समाजले जनाएको छ ।
त्यसै गरी प्रवक्तामा बिष्णु भण्डारी(बिसु), युवा संयोजकमा श्रीकृष्ण तिमिल्सिना, कार्यक्रम संयोजकमा अमृत आचार्य, खेलकुद संयोजकमा राम बहादुर लामिछाने र सदस्यहरुमा रत्न साक्य, तिर्थ सुबेदी, मनोज तिवारी, रमेश श्रेष्ठ, राजु तिवारी, भुपेन्द्र पराजुली, अंचल भारी, नवराज गिरी, दिलीप राज, अनिला गुरुङ चयन भएका छन् ।

