मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा हुने ११औं नेपाल फेस्टिबल-२०१८ को तयारी अन्तिम चरणमा

टोकियो,१९ साउन । टोकियोको कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुने ११औं नेपाल फेस्टिबल २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि अगस्ट २५ र २६ तारिख एनआरएनए जापान र नेपाली दुतावास जापानको संयूक्त आयोजनामा हुन लागेको नेपाल फेष्टीवलको तयारी अन्तीम चरणमा पुगेको एनआरएनए जापानले जनाएको छ ।

एनआरएनए जापानले यहि अगस्ट १२ तारिख आईतबार दिउँसो २ बजे एनआरएनए जापानको कार्यलयमा, फेस्टिवलको स्टलहरू नम्बर तोक्ने तथा स्टल बाँडफाँड गर्ने कार्यक्रम तय गरेको बताईएको छ ।साथै स्टल लिएका व्यवसायी तथा अन्य सरोकारवालाहरुलाई सो कार्यक्रममा उपस्थित हुनका लागि अनुरोध पनि गरिएको छ ।
आयोजकका अनुसार, फुड स्टलहरू ८० तथा कमर्सीयल स्टल ९० बुकिंग भईसकेको छ । यध्यपी अझै स्टलहरू राख्न इच्छुक कोहि छुटेको भए छिटो भन्दा छिटो आयोजक समितीलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

मेला संयोजक एवं एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीका अनुसार थप प्रचार प्रसारको लागि ११ तारिक एनआरएनए ९ल्च्ल्ब्०जापान कार्यसमिति, सल्लाकार परिषद् , मनार्थ परिषद् , फ़ेस्टिवल उपसंयोजकहरु ,महिला फोरम, कान्तो ,राजनीतिकदल ,पत्रकार महासंघ र जापानस्थित संघसंस्थाका प्रमुखहरूसंग दिनको ३ बजे फेस्टिवल तयारी सम्बन्धी कोमाजावा पार्कमा विशेष बैठक बस्ने एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।