Nepali date


शनिबार, भदौ ७, २०७६

‘छक्का पन्जा ३’ को पहिलो नम्बरमा गीत सार्वजनिक

काठमाडौँ,१६ साउन । छक्का पन्जा’ आफैमा एउटा ब्रांन्ड बनाउन सफल चलचित्र हो । साथै, यो चलचित्रलाई ब्रान्ड बनाउनमा यसका गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । यसैले पनि यसका गीतसंगीतमा आम मानिसको चासो अझै बढी हुन्छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को गीतको कौतुहलता पनि आम मानिसमा छ । यसको निर्माणपक्षले यही कौतुहलतालाई मेट्दै यसमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।

यो गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिका स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

गीतको भिडियो र अडियो उत्कृष्ट छ । यसले अघिल्ला चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’को जस्तै चर्चा पाउने कुरामा यसको निर्माणपक्ष ढुक्क छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया