टोकियो,१५ साउन । कास्की पोखरा जापानद्वारा पोखराका बिभिन्न जनप्रतिनिधिहरुलाइ स्वागतसहित सम्मान सम्पन्न गरेको छ।
सोमवार टोकियोमा सभासद कृष्ण थापा,पोखरा मनपाका मेयर मान बहादुर जिसी ,डा नारायण गौतम , पोखरा-कोमागाने फ्रेण्डसिप प्रिसिडेण्ट शारादा मोहन काफ्ले ,वडा अध्यक्षहरू क्रमश: वडा नं । १५ प्रकाश पौडेल , वडा नं १३ दर्शन लामा ,वडा नं १६ जीवन आचार्य , वडा नं ११ मोहन प्रसाद बाँस्तोला, पोखरा मेघा बैंककी ईन्चार्ज शान्ती शेरचन , वडा सदस्य अञ्जु केसी किरण गौतम , इन्जिनियर महेन्द्र बहादुर गोदारलाई जापानमा स्वागतसहित खादा लगाएर सम्मान गरिएको थियो।
उक्त कार्यक्रम अन्तरक्रिया गरी सम्पन्न गरेको थियो । उपस्थित सहभागीबाट सोधिएका बिबिध प्रश्नहरुका उत्तरलगाएत महानगर पालिका भाबि योजना लगाएत कार्ययोजना र बिबिध बिषयमा प्रस्ट्याउनु भएको थियो।
यसै गरि एनआरएनए आइसीसी युबा संयोजक सुदन थापा, कास्की समाज आइसीसीका उपाध्यक्षसुन्दर पौडेल ,ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, कास्की पोखरा समाजका अध्यक्ष तथा एनआरएनए जापानका उपाध्यक्ष शिब प्रसाद पौडेल , एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेत लगाएतले आ-आफ़्नो मनब्य ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम बिभिन्न ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

