बिहिबार, असार ११, २०८३

जापानमा चितवनका ४८ बर्षिय पौडेलको आकस्मिक निधन

टोकियो,११ साउन । चितवन भरतपुर घर भई जापानमा करिब १० वर्ष देखि कुक काम गर्दै आएका ४८ बर्षका राजेन्द्र पौडेलको निधन भएको छ ।
वुधवार कोठामा लडेका पौडेललाई हस्पिटल लगिएको भए पनि उपचार नगरिदै डक्टरले निधन भएको जनाएका थियो ।
श्रीमति एक छोरा र एक छोरीसंगै साइतमा केन खावागोयस शी खासुमिगसेकीमा बस्दै आएका पौडेललाई हृदयघात भएको हुन सक्ने परिवारले बताएका छन् ।

मृतक पौडेलको आगामी आईतबार २९ तारिक जापानमा सदागत गरिने परिवारले बताएका छन् ।