मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा “दोश्रो नवलपरासी तीज धमाका-२०१८”कार्यक्रम गर्ने

चन्द्र खनाल,टोकियो,१० साउन । नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अजसरमा नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका २०१८”कार्यक्रम गर्ने भएको छ ।

प्रदेशमा पनि नेपाली कला संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सेप्टेम्वर ५ तारिक टोकियोको नाकानो जेरो हलमा कार्यक्रम हुने कार्यक्रम संयोजक श्याम गोपाल कँडेलले जानकारी दिनुभयो ।

नेपालका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा सम्पन्न हुने उक्त कार्यक्रम नवलपरासी समाज जापान द्वारा गत वर्षकै निरन्तरता स्वरुप यस बर्ष पनि आयोजना गरिएको समाजका सदस्य तथा लोकगायक सुशिल ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा सहभागि हुने कलाकारको नाम केही दिनमा सार्वजनिक गरिने बताउदै आयोजक नवलपरासी समाजले कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण जापानबासी नेपाली समुदायमा अपिल गरेको छ ।