टोकियो,९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापान र नेपाली राजदूतावास टोकियोको संयूक्त आयोजनामा ११औं नेपाल फेष्टिवलको जाजानमा हुने भएको छ । विगतमा सहआयोजक बनिआएको राजदूतावास टोकियो पनि यसवर्षबाट मुल आयोजकमा जोडिएको हो ।
बुधबार एक समारोहका बीच एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले टोकियो स्थित नेपाली राजदूतावास कार्यालयमा मुल आयोजकमा दूतावास समेत रहने पत्रमा हस्ताक्षर गरि जिम्मेवारी बाढेका हुन। सो अवसरमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपालीहरुकोे प्रतिष्ठासंग प्रत्यक्ष सरोकार राख्ने तथा जापानमा नेपालको पर्यटन प्रर्वद्धनका लागि फेष्टिवल महत्वपूर्ण रहेको भन्दै मुल आयोजक भएर काम गर्न ईच्छा रहेको जानकारी दिनुभयो।
एनआरएनए जापानका अध्यक्ष लामाले जापानमा नेपालीहरुको अभिभावक राजदूतावासले मुल आयोजक भएर फेष्टिवल आयोजना गर्दा आफनो र संस्थाको जिम्मेवारी समेत बढेको भनाई राख्नुभयो । दश पटकसम्म विभिन्न आरोह अवरोधबीच फेष्टिवल आयोजना गर्दा नेपाल सरकारको सहभागिता न्यून भएकाले अब नेपाल फेष्टिवलको औचित्य समेत फराकिलो हुने विश्वास व्यक्त गर्नुभयो।
राजदूतावास कार्यालयमा पुगेका एनआरएनए जापानका पदाधिकारीहरुले राजदूत राणालाई भेटि औपचारिक रुपमा फेष्ठिवल मुल आयोजकको सहमति पत्रमा हस्ताक्षर गरेर बुझाएका थिए। समारोहमा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्धितिय सचिव टेकनारायण गिरी र तृतिय सचिव प्रेम बराल सहित फेष्टिवल मुल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका वरिष्ट उपाध्यक्ष देवीलाल भण्डारी, शिवप्रसाद पाैडेल, महासचिव बुद्धिराज घिमिरे, प्रवक्ता पर्शुराम बस्नेत, सदस्य दिपक कँडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायतको सहभागिता रहेको थियो।
सो अवसरमा भएको सहमति पत्रमा फेष्टिवललाई भव्य बनाउन नेपाल सरकार र जापान सरकारका उच्च तहका पदाधिकारीहरुको सहभागि गराउन दूतावासले पहल गर्ने विषयलाई प्रमुखताका साथ राखिएको छ। यद्धपी फेष्टिवलको सम्पूर्ण व्यवस्थापकिय जिम्मेवारी भने एनआरएनए जापानले नै गर्ने सहमति भएको छ।
एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतका अनुसार आगामी अगष्ट २५ र २६ टोकियो कोमाजावा ओलम्पिक पार्कमा हुन लागेको ११ औ नेपाल फेष्टवलमा नेपाल आईडलका विजेताहरुको समेत विशेष सहभागिता रहने जनाएको छ ।
सहमित पत्र


