सोमबार, बैशाख ०७, २०८३

श्रावण

श्रावण लाग्यो
चारैतिर हरियाली छायो
व्रतको सुरसार गरिदिने
हातै भरी चुरा चिटिक्कै
पारिदिने
कोमल हातभरी मेहेन्दी
लगाएर
फूलबुट्टा भरेर
मेरै नामको
सटुक्क कतै
पहिलो अक्षर लेखेर
बुट्टा भर्दिने
जस्तो पर्ला
उस्तै टर्ला
हातमा मेहेन्दी चुरा लाईदिने
पेट कसि
ब्रत बसि
मन्दिरमा आईदिने
हरियो साडिमा सज्जिई
अलिनो खाईदिने
हिड्ने पाइला रोकिन थाले
जब देखे BP यि आखॉले
तिम्लाई माँगे सोमबारे ब्रतमा
राजी छु पिरति लगाउन
धोका नदिने सर्तमा
भन्दै
गुनगुनाउदै
गित गॉईदिने कोहि भए उनि
आहा कति म भाग्यमानी~~~@प्रकाश बुढाथोकी