सोमबार, जेठ २५, २०८३

तमुधी जापानको २२औं रोधी सॉझ-२०१८ अगष्ट १९ मा हुने

टोकियो,८ साउन । तमुधी जापानको आयोजनामा वार्षिक कार्यक्रम अन्तर्गतको रोधि सॉझ९२०१८ आउदो अगष्ट १९ तारिक टोकियोमा हुने भएको छ ।

यहि अगष्ट १९ तारिक आईतबार टोकियो मेगुरो कुमिन सेन्टरमा हुने २२औ रोधी सॉझको तयारी शुरु गरिएको तमुधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभएको हो ।

तमुधी जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधी सॉझ, यो वर्षको रोधी सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष अमर गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार रोधी सॉझमा नेपालबाट कलाकार ल्याउने तयारी पुरा भएको बताउनु भयो ।

गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधीलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने तमुधि जापानले जानकारी दिएको छ ।